ज्येष्ठ नागरिकलाई घरमै उपचार

डोटी – डोटीको शिखर नगरपालिकाले आफ्ना सबै वडामा रहेका ज्येष्ठ नागरिकलाइ निःशुल्क स्वास्थ्य सेवा दिने अभियान सञ्चालन गरेको छ । ज्येष्ठ नागरिकको सामान्य उपचारका लागि पनि सदरमुकाम धाउनु पर्ने बाध्यता घटाउने उद्देश्यले नगरपालिकाले निःशुल्क शिविर सञ्चालनमा ल्याएको नगर प्रमुख सिताराम जोशीले बताउनु भयो ।

अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरुको टोली अहिले घर घरमा गएर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका शिखर नगरपालिका-२, कालागाडका स्थानीय चेतबहादुर बोगटीले बताउनु भयो। नगरपालिकाले सञ्चालन गरेको शिविरमा ज्वरो, रुघखोकी, मधुमेह, पक्षा घात हृदयाघा’त, मिर्गाैला लगायतकाे जाँच र उपचार निःशुल्क हुने शिखर नगरपालिका स्वास्थ्य इकाइ प्रमुख हरिष शाहले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निःशुल्क शिविरमा सबै बिरामीको परीक्षण गरिनेछ, जटिल खालको समस्या देखिए जिल्ला अस्पताल डोटी लगायत अन्य जिल्ला बाहिरका अस्पतालमा उपचारका लागि पठाइने छ ।’ डोटीको शिखर नगरपालिकाले आफ्ना सबै वडामा रहेका ज्येष्ठ अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरुको टोली अहिले घर घरमा गएर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्