सुतेकै ठाउँमा कोरियाका पूर्वराजदूत लामा बे’होस

काठमाडौं: नेकपाका नेता तथा दक्षिण कोरियाका पूर्वराजदूत कमानसिंह लामा सुतेकै ठाउँमा बे’होस भएका छन्। आइतबार राति १ बजे काठमाडौँ मूलपानी स्थित आफ्नै निवासमा उनी बे’होस भएपछि उनलाई थापाथली स्थित नर्भिक अस्प तालमा भर्ना गरिएको छ।

राति नै एम्बुलेन्सबाट अस्पताल ल्याएर भर्ना गरिएको लामाकी पत्नी इन्द्रमाया तामाङले जानकारी दिइन् । उनका अनुसार सुतेकै ठाउँमा छ’ट्पटाइ राखेका लामा बेहोस भएका थिए । उनी सोडियमको कमिका कारण बेहोस भएको चिकित्सक हरुले बताएका छन् । उनको अवस्था क्रमिक रुपमा सुधा हुँदै गएको अस्पतालले जनाएको छ ।

पाँच वर्ष अघि लामालाई किड्नीमा क्या’न्सर भएको थियो। त्यसको उपचार गराएका उनी पुनः ग’म्भीर विरामी परेका हुन् । लामा काभ्रेबाट दुई पटक सांसदमा बिजयी भएका थिए। उनी सन् २०१२ देखि १६ सम्म दक्षिण कोरियाको राजदूत थिए। आइतबार राति १ बजे काठमाडौँ मूलपानी स्थित आफ्नै निवासमा कमानसिंह लामा सुतेकै ठाउँमा बे’होस भएका हुन्।

प्रतिक्रिया दिनुहोस्