‘मेरो देश जन्मदिनको केक होइन !’

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मोत्सव ‘राजसी’ शैलीमा मनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । आफैले जारी गरेको पार्टीको आचार संहितालाई लत्याउँदै प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारा केक काटेपछि आइतबार लावालस्करसहित हेलिकप्टरमा पुर्ख्यौली घर तेह्रथुमको आठराई पुगे ।

प्रम ओलीले त्यहाँ पनि हेलिकप्टरबाट बोकिएको १५ किलोको केट काटे, करिब ६ हजारलाई भोज खुवाए। आफ्नो जन्मथलोमा उनले जुन १५ किलोको केक काटे त्यसमा नेपालमा नक्सा बनाइएको थियो। नेपालको नक्सा अंकित केकमाथि चक्कु चलाएको भन्दै उन को व्यापक आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा यो विषय निकै भाइरल भइरहेको छ ।

यस्तै रुटिन अफ एजुकेसन नामको फेसबुक पेजमा लेखिएको छ, ‘नेपालको नक्सालाई जन्म दिनको ‘केक’ बनाउने हात कामेनन् । देशको नक्सालाई ‘केक’ बनाएर काट्ने हात कामेनन् । न त कामे नेताका हातहरु न कार्यकर्ताका । यस्तो देखेर लाज मान्ने र मुटु कमाउने त हामी निरीह नागरिक मात्र हौं । धन्न भारतीय र चिनियाँ राजदूत त्यहाँ रहेनछन् ।

नत्र कुन टुक्रा कसले खाने भन्नेमा झगडा पनि पर्न सक्थ्यो !’ यस्तै अनुराग अनन्तले लेखेका छन्, ‘मेरो देश ‘केक’ होइन। मेरो देशको प्रधानमन्त्रीज्यूले जन्मदिनको अवसरमा देशको प्रतीक केक काटेर जन्मोत्सव मनाउनु आपत्तीजनक छ। के सन्देश दिन खोजि एको हो ? अनि यस्ता हर्कत गर्न उक्साउने पछाडिका पात्र को हुन् ?’

प्रतिक्रिया दिनुहोस्