अमेरिकी राष्ट्रपति ट्रम्पलाई भारतमा पाँच घेराको सुरक्षा

काठमान्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुजरातको अहमदाबाद आइपुगेका छन् । उनलाई अहमदाबाद स्थित एयरपोर्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अंगालो हालेर स्वागत गरे। राष्ट्रपतिका रुपमा पहिलो पटक ट्रम्प भारत भ्रमणमा आएका हुन्। ट्रम्पसँग पत्नी मेलानिया, छोरी इवान्का र ज्वाइँ ज्यारेड कुशनर पनि भारत आएका छन्।

अमेरिकी राष्ट्रपति अहमदाबादमा २३० मिनेट रहनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ट्रम्पले २२ किमी लामो रोड शोमा सहभागी हुनेछन्। मोटेरा स्टेडियममा नमस्ते ट्रम्प कार्यक्रममा पनि उनी सामेल हुने छन् । दोस्रो तहमा भने एनएसजी, चेतक कमांडो, अर्ध सैनिक बल तथा अन्तिम बाहिरी सुरक्षा तथा रेखदेखको जिम्मेवारी भने गुजरात, उत्तर प्रदेश तथा दिल्ली पुलिसका २५ हजार जवानले गर्नेछन् ।

ट्रम्पको हरेक घंटाको सुरक्षामा दुई करोड चालिस लाख तथा ३६ घंटे उनको यात्राको सुरक्षामा मात्र एकसय साठीकरोड़ रुपैयाँ खर्च हुनेछ ।अमेरिकी जासुसी एजेंटहरुले कडा सुरक्षा प्रोटोकलको पालन गर्दै राष्ट्रपतिको सांकेतिक कल साइन सुरक्षामा तैनाथ अधिकारी तथा कर्मचारीलाई पनि केवल अन्तिम समयमा मात्र सार्वजनिक गर्ने भएका छन्।

सुरक्षा अधिकारी समानांतर तथा सुरक्षित वायरलेस प्रणालीका माध्यमबाट आवागमनका सबै कार्यक्रम संचालन गर्नेछन्। राष्ट्रपतिको सवारी जुन स्थान भएर गुज्रने छ उक्त स्थानमा शक्तिशाली ज्यामर्सले मोबाइल तथा वायरलेसका सिग्नललाई केही समयका लागि ब’न्द गरिदिनेछ ।

प्रतिक्रिया दिनुहोस्