नेपाल आइडल सिजन ३ टप ८ मा पुगेकी रचनाको घर पुग्दा उनको हजुरबुबा भाबुक भए (भिडियो सहित)

दमक । रचना रिमाल अर्थात चटपटेवाली यो नाम नेपाल आइडल सिजन थ्रीमा रुचाइएको, चलेको र निकै आशा लाग्दो नाम हो । झापा भद्रपुर घर भएकी रचना नेपाल आइडलमा जानुभन्दा पहिला नै चर्चामा थिइन । नेपाल आइडलमा पुगे पछि रचनाको झनै चर्चा चुलिएको छ । सामान्य परिवारमा जन्मिएकी रचना रिमालको स्वर सानैदेखि नै आशा बोकेको थियो ।

बोली फुट्दादेखी गित गाउन रुचाउने रचनाले घर गाउँमा निकै राम्रो गाउने गरेको देखेर सबैले पाँच दश रुपैयाँ दिदै गित गाउन लगाउदै गर्थे । निकै मीठो उनको स्वरले स्कुल देखि पुराण लगायत जुन सुकै सानो कार्यक्रममा पनि स्थान पाउन थाल्यो । धेरै भजन समेत गाउदै किर्तनमा समेत पुरस्कार जितेकी रचनाले अब नेपाल आइडलको पुरस्कार पाउने कुरामा धेरैले सम्भावना बोकेकी कलाकार भनेर भनेका छन ।

नेपाल आइडलमा पनि निकै राम्रो प्रस्तुति संगै हरेक हप्ता जजहरुको पनि निकै तारिफ पाउदैछिन झापाकी रचना रिमालले। सारै मीठो स्वरकी धनी रचना नेपाल आइडल सिजन तिनबाट नेपालको पहिलो महिला बिजेता बन्ने सम्भावना धेरै देखिन्छ । नेपाल आइडल को कार्यक्रममा पनि सबैभन्दा धेरै राम्रो कमेन्ट रचनाकै आउने गर्दछ । रचनाको परिवारमा तिनजना छोरी अनि आमाबुबा रहेछन ।

रचना रिमाल तिनजना छोरीमा माइली छोरी रहेको हजुरबुबाले बताए। रचनाकी कान्छी बहिनी पनि निकै मीठो गित गाउने रहिछन । रचनाका बुबाले सफारी चलाउने काम गर्दा रहेछन। रचनाको हजुरबुबाले रचनाको बाल्यकाल सम्झिदा भाबुक भएर आफ्नी नातिनी को बारेमा यस्ता गोप्य कुराहरु बताएका छन् । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्