कम्युनिस्ट र कांग्रेसले बनाए छुट्टाछुट्टै सडक

बाजुरा : जिल्लाको त्रिबेणी नगरपालिकामा ६ मन्धारा गाउँ जाने एउटै सडक छ।उक्त सडक पार्टीअनुसार खण्ड-खण्ड निर्माण भइरहेको छ । त्रिबेणी नगर पालिका ५ किम्नी जाने र वडा नम्बर ६ पन्धारा गाउँ जोड्ने सडक नेकपा र कांग्रेस सम्वद्धले निर्माण गरिरहेका छन्। स्थानीयले पार्टीपिच्छे बनाइएका सडकको नामांकरण गरेका छन्।

कांग्रेस सडक र नेकपा सडक।त्रिवेणी नगरपालिकाको लगानीमा कांग्रेस सम्वद्ध पक्ष र प्रदेश सरकारबाट आएको योजनामा नेकपा सम्बद्धले सडक निर्माण गरिरहेका छन् । किम्नी गाउँ जाने त्रिवेणी ४ ढोग दिनेबाट नेकपा सर्मथकले निर्माण गरिरहेका छन् । जसको नेतृत्व जंगबहादुर बुढाले लिएका छन्।उक्त सडक निर्माणमा प्रदेश सरकारको बजेट रहेको नेपाल कम्युनिस्ट पार्टी बाजुरा सचिब भरत बुढाले बताए ।

त्यस्तै, त्रिबेणी ४ तोली देबलडाँडाबाट कांग्रेस सर्मथकले सडक निर्माण गरिरहेका छन् । उक्त सडकको उपभोक्ता समितिका अध्यक्ष दानबहादुर साउद कांग्रेस सर्मथक रहेको त्रिवेणी नगरपालिका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता मीन भण्डारीले बताए । फरक फरक ठाउँबाट सडक निर्माण भइरहेको भएपनि दुबै सडक किम्नी गाउँलाई लक्षित गरी निमार्ण गर्न लागेको स्थानीय गणेश साउदले बताए।

ढोग दिनेबाट जाने सडकका लागि आर्थिक वर्ष ०७५/०७६ मा ५५ लाख रकम बिनि योजन भएको थियो । प्रदेशबाट नेकपाको पहलमा भएको भन्दै नेकपा सर्मथकले सडक खन्न सुरु गरेका हुन् । त्रिबेणी नगरपालिकामा कांग्रेसले जितेको छ, नगर पालिकाले पनि आर्थिक वर्ष ०७५/०७६ मा २० लाख रकम छुट्याएर तोली देबलडाँडाबाट सडक निर्माण सुरु गरेको छ ।यो आर्थिक वर्षमा ४० लाख बिनियोजन गरेको नगरपालिकाले बताएको छ। अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्