पोखरा, १२ फागुन । नेपाल विद्यार्थी संघठन कास्कीका ३ जना कार्यकर्तालाई कास्की प्रहरीले प’क्राउ गरेको छ। नेबिसंघले प्रहरीले उनीहरुलाई कांग्रेसको पार्टी कार्यालय भित्रैबाट प’क्राउ गरेको जनाएको छ। उनीहरुले सहपाठी रेशम हमाल लाई बिनाकारण प्रहरीले प’क्राउ गरेको भन्दै सरकारको रबैया ब’न्द गर्न आव्हान गर्दै पोखराको चिप्लेढुङामा टायर बालेर प्रर्दशन गरेका थिए ।
साथै प्रधानमन्त्री बि’रुद्ध ना’राबाजी गरेका थिए । सोही क्रममा नेबिसंघका कार्यकर्तालाई प्रहरीले पार्टी कार्यालय बाटै प’क्राउ गरेको हो । प’क्राउ पर्ने नेबिसंघका कार्यकर्ता बिष्णु पाहारी , सन्तोष अधिकारी र सुमन बिमली रहेका छन् । त्यस्तै पोखरा कै जनप्रिय क्याम्पसबाट आज बिहान आफ्ना कार्यकर्तालाई प’क्राउ गरिएको नेबिसंघले जनाएको छ । नेबिसंघका कार्यकर्ताले सडकको बीचमा टा’यर बा’लेर तथा नाराबाजी गरेर प्र’र्दशन गरिरहेका छन् ।
आफ्ना कार्यकर्तालाई तुरुन्त रिहाइको माग गर्दै रि’हाइ नगरे आ’न्दोलन गर्ने नेबिसंघ कास्कीका नेताहरुले चे’तावनी दिएका छन्। प्रहरीले पार्टी कार्यालयबाट कार्यकर्ता प’क्राउ गरेको प्रति कास्की कांग्रेसले चर्काे आ’लोचना पनि गरेको छ। गण्डकी प्रदेशद्वारा आयो जित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न सोमवार प्रधानमन्त्री ओली पोखरामा आउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्