सिमलका रुख मासिएसँगै गिद्ध पनि लोप हुँदै

बैतडी : पछिल्लो समयमा गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारको रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढदै गएको हो ।सिमलको रुख हराउँदै गएपछि गिद्धको बासस्थान पनि हराउँदै गएको हो।

सामुदायिक वन उपभोक्ता महासंघ बैतडीका अध्यक्ष चक्रप्रसाद शर्माले ठूला रुख हराउँदै गएपछि गिद्ध पनि लोप हुँदै गएको हो। ठूलठूला भीरमा समेत गिद्ध पाइने भएपनि पछिल्लो समयमा गिद्ध देखिन छोडेको पाटन ६का लोकेन्द्रप्रसाद पन्तले बताए । उनले भने ‘गिद्ध संरक्षणका लागि सरकारी तथा स्थानीयस्तरबाट कुनै पहल हुन सकेको छैन् । गिद्ध संरक्षणका लागि पहल नहुँदा लोप हुँदै गएका छन् ।’

गिद्धको आहारामा समेत समस्या आएकाले गिद्ध लोप हुँदै गएको जानकार बताउँछन् । मरेका पशुपंक्षीको सिनोलाई आहाराको रुपमा गिद्धले प्रयोग गर्ने गर्दछ। तर पछिल्लो समयमा बाहिर सिनो फाल्ने चलन पनि कम हुँदै गएको छ। आहारको अभावमा गिद्ध लोप हुँदै गएको सामुदायिक वन उपभोक्ता महासंघ बैतडीका अध्यक्ष शर्माको भनाई छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्