प्रेमी उदिपसँग आँचलले गरिन् इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठको आज सोमवार इन्गेजमेन्ट सम्पन्न भएको छ । पछिल्लो समयकी चर्चित नायिका आँचल दवाडी शर्माले चितवन निवासी डा.उदीप श्रेष्ठसँग इन्गेज मेन्ट गरेकी हुन् । काठमाडौंको चुच्चेपाटी स्थित इम्पेरियल बैंक्वेटमा सोमबार अपरान्ह उनीहरुले औंठी साटासाट गरेर एकअर्कालाई जीवन साथीका रुपमा अपनाएका हुन् ।

नायिका आँचलका अनुसार सोमबार उनीहरुको इन्गेजमेन्ट भएको हो । तर, निमन्त्रणा कार्डमा भने शुभ विवाहको लागि वरवधुलाई शुभकामना दिन पाहुनालाई आमन्त्रण गरिएको छ । जोनी जेन्टल म्यान, नाइ नभन्नु ल ४, शत्रु गते, ब्ल्याक लगायतका चलचित्रमा काम गरेकी उनले थुप्रै म्युजिक भिडियोमा समेत काम गरेकी छिन् । शर्माले गर्न लागेको अन्तरजातीय विवाहलाई दुबै परिवारले स्वीकार गरिसकेका छन्।

प्रेमी उदीपसँगको सल्लाह र दुवैतर्फका परिवारको चा’हना अनुसार आफुहरू वैवाहिक सम्बन्धमा बाँधिने आँचलले बताउदै आएकी थिइन ।फिल्म अभिनयको अलवा आँचल म्युजिक भिडियोमा समेत ब्य’स्त रहदै आएकी छन् । दर्शकले पल शाहसँग आफूलाई जोडे पनि शाह आफ्नो मिल्ने साथि भएको शर्माले बताइन्।

प्रतिक्रिया दिनुहोस्