एक्कासी चितवनमा हावाहुरी सहित भिषण असिना पानी !

चितवन : चितवनमा आज भिषण असिना पानी परेको छ ।बिहानदेखि मौसम सफा रहे पनि दिउँसो तीन बजे एक्कासी मौसम बदलिएर असिना पानी परेको हो । पानी, हावा सहितको असिनाले जनजीवन प्रभावित भएको छ । नारायणगढमा किनमेलमा पुगेका सर्वसाधारणको बीचमा एकछिन भागदौँड नै भएको थियो । असिनाले केरा, तरकारीखेतीमा के कस्तो असर परेको छ भन्ने विस्तृत जानकारी भने प्राप्त भएको छैन ।

यस्तै, सोमबार देशका धेरैजसो पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यस्तै सोमबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती पनि देशका मध्य तथा पुर्वी पहाडका केही ठाउँमा पानी पर्ने र बाँकी ठाउँमा आंशिकदेखि सामान्य बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अबको तीन दिनसम्म बादल लाग्ने, सामान्य पानी पर्ने र घाम लाग्ने क्रम चलिरहने मौसमविद राजु प्रधानाङ्गलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्