कलंकीमा ठूलो दु’र्घटना, ब्रेक फे’ल भएको ट्रकले ९ वटा सवारीलाई ठ’क्कर दियो

१२ फागुन, काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठ’क्कर दिएको छ । दु’र्घटनामा ४ जना घा’इते भएका छन् । सोमबार साँझ थानकोट बाट कलंकी तर्फ आउँदै गरेको ट्रकले ढुंगा अड्डाको ओह्रालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटर लगायतका सवारी साधनलाई ठक्कर दिएको कालिमाटी वृत्तका डीएसपी रुगम कुँवरले जानकारी दिए ।

ब्रेकफेल भएको ना ६ ख २८७१ नम्बरको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटर साइकल, एउटा कार र स्कुटर लाई ठ’क्कर दिएको प्रहरीको भनाइ छ । दु’र्घटनामा घा’इते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइ रहेको छ भने ट्रकका चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ थानकोटबाट कलंकी आउँदै गरेको ट्रकले नौ वटा सवारीलाई ठक्कर दिएको हो। प्रह्रीका अनुसार घा’इतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरी घ’टनास्थलमा पुगेर उ’द्धारमा खटिएको थानकोट प्रहरी बृत्तले जानकारी दिएको छ। ढुंगे अड्डा मा सोमबार साँझ डर लाग्दो दु’र्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्