‘पोहोर ध’म्क्याएका थिए, अहिले मा’रि दिए,’

ढल्केबर (धुनषा): धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा अ’वैध तरिकाले भइरहेको गिट्टी–बालुवा उत्खनन‌को वि’रोध गर्दै आएका स्थानीय २४ वर्षीय दिलीप भनिने ओमप्रकाश महतोलाई शुक्रबार बिहान टिपरले किचेर मा’रिएको छ। औरही खोला किनार दुवैतिर स्थानीयको खेत छ। ओम प्रकाशको खेत पनि त्यही छ।

साँझ परेपछि यस खोलामा लो’डर (मेसिन) ले उ’त्खनन गरी गिट्टी–बालुवा यस क्षेत्रमा सञ्चालित क्र’सर उद्योगमा पु¥याइन्छ। घर–खेत नजिकैको खोलामा भइरहेको अ’वैध उत्खननको वि’रोध गर्दा भाइलाई क्रसर वालाको टिपरले खोलामै कि’चेर मा’रेको मृ’तक ओम प्रकाशका दाइ वीरेन्द्र कुमारले बताए। प्रत्यक्ष दर्शीको जानकारी र घ’टनास्थल मु’चुल्का आधारमा महतोलाई कि’च्ने ना७ख ६४१३ नम्बरका टिपर चालकलाई निय’न्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय ढल्के बरका प्रहरी निरीक्षक राम कुमार यादवले बताए।

टि’पर साहु तथा खोला छेवैमा वास प्लान्ट (क्रसर) सञ्चालन गर्दै आएका सञ्चालकलाई समेत अनु’सन्धानको घेरामा ल्याइने उनले बताए। रामजीवन महतोको जेठा छोरा थिए ओमप्रकाश। गाउँमा उनलाई दिलीप भनेर बोलाइन्थ्यो। उनी मेकानिकल इन्जि नियरिङका विद्यार्थी थिए। गाउँछेउमा रहेको औरही खोलामा भइरहेको अ’वैध उत्खनन प्रति उनी असन्तुष्ट थिए। उनले उ’त्खननको वि’रोधमा युवालाई एकत्रित पारेर रोक्न लगाउँथे।

पोहोरपनि उनको नेतृत्वमा युवाले सो खोलामा भइरहेको उत्ख’नन रो’केको स्थानीय रामपुकार साहले बताए। दाजु वीरेन्द्र कुमारका अनुसार पोहोर खोला खन्नेहरूले दिलीपलाई पाँच लाखसम्मको मोटरसाइकल किनिदिने प्रलोभन दिँदा समेत उनले मानेनन्। माफियाले पहिला लोभ्याउँदा नमाने पछि ‘जे पनि हुन सक्छ’ भन्दै ध’म्क्याएका थिए। ‘पोहोर ध’म्क्याएका थिए अहिले मा’रि दिए,’ वीरेन्द्रले भने, ‘अ’वैध उ’त्खनन गर्ने मा’फियाले ह’त्या गरेर दु’र्घटनाको रूप दिन खोजेका छन्।’’ आजको नागरिक दैनिक मा खबर छ

प्रतिक्रिया दिनुहोस्