ष’डयन्त्रकारीको भुमरीलाई जितेर आएँ, ‘म राष्ट्रियताका लागि ल’डिरहनेछु’ : महरा

काठमाडौं : संसद सचिवालयमा कार्यरत एक महिलालाई ब’ला त्कार गरेको आ’रोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा अदा’लतबाट स’फाइ पाएपछि मतदातासँग भेटघाट गर्न दाङ आइ पुगेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ का मतदातासँग भेटघाट गर्दै उनले आफू ष’डयन्त्र कारीको भुमरीलाई जि’तेर आएको बताए ।

महरालाई जिल्लाको प्रवेशद्वार भालुबाङ, लमही, घोराही लगायतका स्थानमा मतदाताले भव्य स्वागत गरेका थिए । मतदाताले भव्य स्वागत गरे पछि महरा निकै प्रफुल्लित समेत देखिन्थे । विभिन्न ठाउँँमा आयोजना गरिएका स्वागत कार्यक्रम हरूमा महराले थोरै मात्र बोले । हरेक स्थानमा उनले पाँच मिनेट भन्दा बढी बोलेनन् ।

तीन महिना जे’लमा बिताएर आएका महराले आफू माथि लागेको आ’रोपका विषयमा आन्तरिक कुरा खोल्लान् भन्ने जनअपेक्षा रहे पनि उनले त्यस विषयमा खासै मुख खोलेनन्् । घोराहीमा मतदाताहरूलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई ष’डयन्त्र का’रीहरूले भुमरीमा पार्न खोजेका छन् । तर म अहिले त्यो भुमरी जि’तेर आएको छु ।’ उनले आफूलाई जनताको अपार माया रहेको भन्दै जनताको ता’गतको अगाडि कसैको केही नलाग्ने बताए ।

एमसिसीसँग जोडिएको विषयमा भने उनले सांकेतिक रूपमा राष्ट्रिय स्वा’धिनताका विषयमा आफू जहिले पनि ल’ड्ने बताए । ‘म राष्ट्रियताका लागि हिजो पनि ल’डेँ, आज पनि ल’ड्दै छु र भोलि पनि लड्ने छु,’ उनले भने, ‘यस विषयमा कुनै पनि किसिमको सम्झौता गर्दिनँ ।’ पूर्वसभामुख महरालाई उनी सम्बद्ध पार्टी नेकपाले भने कुनै औपचारिक स्वागत कार्यक्रम आयोजना गरेको छैन । महरा मतदाता माझ अनौपचारिक भेटघाट गर्दै करिब एक हप्ता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्