देश आमा हुन्, का’टेर खान मिल्दैन : भीम रावल

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले मनाएको जन्म दिनको वि’रोध गरेका छन्। सोमबार ट्वी’ट गर्दै रावलले भ’ड्किलो जन्मदिन मनाएको भन्दै वि’रोध गरेका हुन् । ‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना।

यो मनन गर्नु भने उचित हुन्छ-केक का’ट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, का’टेर खान मिलेन’ रावलले ट्वी’ट गरेका छन् ‘अँझ सम्वृद्धिका लागि संसारका सामु हात पसारि रहेको बेला अति ठूलो रकम खर्चेर जन्म दिन मनाउन मि ल्दैन। पार्टी निर्णयले झनै मिल्दैन।’ आइतबार प्रधानमन्त्री ओलीले तेह्रथुमको आफ्नै जन्मघरमा नेपालको नक्सा बनाएको केक का’टेर ६९ औं जन्मदिन मनाएका थिए।

नेपालको नक्सा बनाएको केक का’टिए पछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको वि’रोध भएको छ। सोमबार सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिँदै ट्वीटरमा उनले लेखेका छन ‘देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन ।’ केक का’टेर खाने नेपालीको मौलिक संस्कृति नभएको समेत प्रष्टाएका छन्।

प्रतिक्रिया दिनुहोस्