आजको मौसम : मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना

काठमाण्डाै – मङ्गलबार पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार मङ्गलबार मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जन सहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना छ। यस्तै दिउँसो पछि केही ठाउँमा हावाहुरी पनि चल्ने उहाँको अनुमान छ । बुधबारदेखि मौसम बिस्तारै खुले पनि पूर्णरुपमा सफा हुन भने अझै केही दिन लाग्ने मौसमविद् पोख्रेलले जानकारी दिनुभयो ।

यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानले आज दिउँसो देशभरी नै आंशिकदेखि सामान्य बदली हुने जनाएको छ। देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्