गोकुल बास्कोटाले छाडे बालकोट स्थित प्रधानमन्त्री ओलीको घर !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोट स्थित घरमा बस्दै आएका पूर्व सञ्चारमन्त्री गोकुल वास्कोटाले घर छाडेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो वाहिरिएपछि उनले सञ्चार मन्त्रीबाट राजी नामा दिएका थिए । प्रधानमन्त्रीले बाास्कोटालाई आफ्नै घरमा राखेका थिए । प्रधानमन्त्रीका निकै नजिकका मानिने बाँस्कोटाले ओलीको बालकोट स्थित घर छाडेका छन् ।

बिहीबार मन्त्री पदबाट राजीनामा दिएका बाँस्कोटा बालकोटमै बसेका थिए। उनले शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीको निजी निवास छाडेका हुन्। ओली प्रधानमन्त्रीमा नियुक्त भएर बालुवाटार स्थित सरकारी निवासमा सरे पछि खाली भएको ओलीको घरमा बास्कोटा त्यहाँ बस्दै आएका थिए । पुल्चोकस्थित मन्त्रीक्वार्टरमा खाली भवन नभएका कारण प्रधानमन्त्री ओलीले उनलाई आफ्नो निजी निवासमा राखेका थिए ।

प्रधानमन्त्री कै निजी घरमा बसेपछि बास्कोटालाई ओली मन्त्रि परिषद्मा शक्ति शाली मन्त्री मानिएको थियो । उनको प्रभाव पनि त्यस्तै देखिन्थ्यो । प्रधानमन्त्री ओलीले पनि केही दिन अघि काभ्रेमा भएको एउटा सार्वजनिक कार्य क्रममा बाँस्कोटाको प्रशंसा गदैै दिएको अभि ब्यक्तिको सामाजिक सञ्जालमा अहिले ट्रोल भइरहेको छ । बास्कोटा प्रधानमन्त्रीको निजी निवासबाट लोकन्थलीस्थित आफ्नो घरमा बस्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्