ट्रम्पलाई दिइने रात्रिभोजमा सोनियालाई निम्तो आएन, मनमोहन सिंह नजाने

काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्मानमा मङ्गलबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले रात्रि भोजको आयोजना गरेका छन् । तर यो रात्रि भोजलाई लिएर विवाद सुरु भएको छ । काङ्ग्रेस नेता तथा लोक सभामा नेता प्रति पक्ष अधीर रंजन चौधरी पछि पूर्व प्रधानमन्त्री मनमोहन सिंहले पनि रात्रिभोजमा जान अस्वीकार गरेका छन् ।

सञ्चार माध्यमका अनुसार पहिला मनमोहनले रात्रिभोजको निम्तो स्वीकार गरेका थिए तर सोमबार उनले समारोहमा उपस्थित हुन नसक्ने बताए । काङ्ग्रेस नेता सोनिया गान्धीलाई रात्रिभोजमा निम्तो नपठाइए पछि मनमोहन चिढिएका हुन। अधीर रंजनले भने, ‘पार्टी की अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई निम्ता गरिएको थिएन ।

प्रधानमन्त्री नरेन्द्र मोदी लगातार विपक्षी नेताहरुलाई यसरी नै नजरअन्दाज गर्दै आइरहेका छन् । अमेरिकामा भएको हाउडी मोदी कार्यक्रमको क्रममा त्यहाँका दुवै मुख्य विपक्षी दलका नेताहरुलाई निम्ता गरिएको थियो ।’ ट्रम्पको सम्मानमा मङ्गलबार भारतीय राष्ट्र पति रामनाथ कोविन्दले रात्रि भोजको आयोजना लाई लिएर विवाद सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्