महिला प्रशासकले हाँकेको हिमाली जिल्ला

काठमाडौं: काम विशेषले जिल्ला प्रशासन कार्यालय पुगेका सेवाग्राहीहरू प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कुर्सीमा महिला देखेपछि छेउमै रहेका पुरुष कर्मचारीतर्फ फाइल सोझ्याउँछन्। सिडिओको कुर्सीमा कहिल्यै महिला बसेको नदेखे का ग्रामीण भेगका सर्वसाधारणले पुरुष मात्र सिडिओ हुन्छन् भन्ने सोचाई राखेर पुरुष कर्मचारीतर्फ फाइल सोझ्याउनु स्वभाविक पनि हो ।

यस्तो दृष्य विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुमा पटक–पटक देख्न पाइन्छ । किनभने त्यहाँ विगत एक महिनादेखि सिडिओका रूपमा रमा आचार्य सुवेदी छिन् । यो हिमाली जिल्लामा सिडिओ मात्र नभई सहायक सिडिओको जिम्मेवारीमा पनि महिला नै छिन्, लक्ष्मीकुमारी शाही । रमाले ३ माघ २०७६ मा सोलुखुम्बुको सिडिओको जिम्मेवारी पाएकी हुन् ।

शाहीले भने १८ चैत २०७५ देखि सहायक सिडिओको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । २०६७ मा निजामति सेवामा प्रवेश गरेकी हुन्, दार्चुलाकी शाही । सिडिओको जिम्मेवारी पाएकी सुवेदी भने लामो समयदेखि निजामति सेवामा थिइन् । र, सोलुको प्रमुख प्रशा सकको जिम्मेवारी अघि गृहमन्त्रालयको गुनासो व्यवस्थापन शाखामा उप–सचिव थिइन् । अन्य हिमाली जिल्लाको तुलनामा सोलुखुम्बु अलि संवेदनशील मानिन्छ । नया पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्