दक्षिण कोरियामा कामदार पठाउन बन्द

काठमाडौ : दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि नेपालबाट कामदार पठाउन बन्द गरिएको छ। परिस्थिति सामान्य नभएसम्म कोरियामा कामदार नपठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए। ‘तत्काललाई कोरियामा कामदार पठाउन स्थगित गरिएको छ’,उनले भने,‘परिस्थिति सामान्य भएपछि पठाइनेछ।’

अहिले कोरियामा कोरोना भाइरसको सं’क्रमण विस्तार भइरहेको छ। मन्त्रालयले सरोकार वालासँग छलफल गरी तत्कालका लागि कामदार नपठाउने जनाएको हो। ईपीएस कोरिया शाखा र कोरियाको रोजगारदाता कम्पनीले समेत केही दिन अघिदेखि करार सम्झौता भइसकेका कामदारको टिकटको समय सार्दै आएका थिए। कोरियाको थेगु सहरमा कोरोना भाइरस भेटिएपछि नेपालले कामदार पठाउन रोकेको हो।

थेगु दक्षिण कोरियाको उत्तरतर्फ पर्छ। चीनदेखि कोरिया नजिक भएकाले पनि कोरोनाको असर बढी देखिएको हो। चीन भन्दा कोरियामा कोरोनाको असर तीव्रगतिमा फैलिएका कारण त्रास फैलिएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले फागुन १८ गते उडान निश्चित भएका ५० जना कामदारलाई नपठाइने बताए।

प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य, परराष्ट्र र श्रम मन्त्रालयका अधिकारी सम्मिलित बैठक बसेको थियो । दक्षिण कोरियाको वा’स्तविक अवस्था बुझेर मात्र निर्णय लिइने बैठकले निर्णय गरे पनि तत्काल कामदार नपठाइने निश्चित जस्तै भएको छ । ‘अहिलेको अवस्थामा कसैले पठाउभन्दा पनि पठाउन सक्ने अवस्था छैन्’, दाहालले भने।

प्रतिक्रिया दिनुहोस्