‘अख्तियार कुनै राजनीतिक आडमा चल्न हुदैन’ : भीम रावल

काठमाडौं, १३ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो निकाय कुनै राजनीतिक आडमा चल्न नहुने बताउनु भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठक को शून्य समयमा बोल्दै नेता रावलले कसैलाइ पनि कुनै पद र पार्टीका मानिस भनेर छुट नपाइने बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘अख्तियार कुनै राजनीतिक आडमा चल्न हुदैन, दोषीलाई नेपालको कानुन बमोजिम कारबाही गर्नुपर्छ।’ साथै उहाँले मन परेको मान्छेलाई संरक्षण र मन नपरेको मान्छेलाइ सक्ने प्रवृत्ति हट्नुपर्ने पनि बताउनु भयो । सरकारले बचाउन मन लागेको मान्छेलाई एउटा आवाज र मन नलागेको मान्छेलाई अर्को आजाव उठाउने नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘नेपाली जनताले हामीलाई जुन विश्वास गरेर जनप्रतिनिधि मार्फत सरकार सञ्चालन गर्न दिएका छन, यसको सदुपयोग गर्न सक्नु पर्छ ।’ अर्को प्रसङ्गमा बोल्दै सांसद रावलले सरकारलाई सविधानको प्रस्तावना अनुसार चल्न सुझाव दिनु भएको छ ।काला पानीमा सीमा सुरक्षाचौकी राख्न माग गर्दै सांसद रावलले दार्चुलाका कालापानी, लिपुलेक तथा लिम्पुयाधुरा क्षेत्रमा भारतीय पक्षबाट सीमा अति’क्रमण लगायत घटनालाई कूटनीतिक पहलमार्फत रोक्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सीमा सुरक्षाचौकी स्थापना गर्नका लागि तदारुकताका देखाउन माग गर्नुभयो । उहाँले सीमा सुरक्षा सर्वा्धिक प्राथमिकतामा पर्ने भएकाले उल्लेख्य बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण पनि गराउनु भयो। भारतीय फौजको उपस्थिति हटाउन भारतलाई पत्राचार गर्न पनि सांसद रावलको आग्रह थियो । प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्ने र असमान सन्धि सम्झौता पुनरवलोकन गर्ने सम्बन्धमा सदनलाई जानकारी गराउन उहाँले सरकारसँग माग गर्नुभयो । नागरिकता विधेयकलाई अविलम्ब अघि बढाउन पनि सांसद रावलले सरकारको ध्यानाकर्षण गराउनुयो ।

प्रतिक्रिया दिनुहोस्