श्रीमान्को मृ’त्यु भएपछि बेसहारा बनेकी सुनितालाई पूर्वन्यायाधीशको सहयोग

मलंगवा : गाउँघरमा मागेर ७ सन्तानलाई भरणपोषण गर्दै आएकी सर्लाहीको चक्रघट्टा गाउँपालिका–६ बस्ने ३५ वर्षीया सुनिता महतोलाई ललितपुर महानगरपालिका –१ कुपण्डोल बस्ने बलराम केसीले २५ हजार सहयोग गरेका छन् । सोमबार अन्नपूर्ण पोस्ट्मा ‘मागेरै ७ सन्तानको गुजारा’ शीर्षकको समाचार पढेपछि पूर्वन्यायाधीश समेत रहेका केसीले सहयोग गरेका हुन् ।

केसीले ललितपुरबाट पठाएको रकम चक्रघट्टा गाउँपालिका ६ गोइयाहीका वडाध्यक्ष प्रेम रायले सुनितालाई हस्तान्तरण गरेका छन् । आर्थिक अभावका कारण छोराछोरीलाई विद्यालय पठाउन नसकेको उनको दुखेसो छ। २०७४ सालमा श्रीमान्को मृ’त्यु भएपछि सुनिता बे’सहारा बनेकी हुन् । ५ छोरी र २ छोराकी आमा सुनिताले मागेर ल्याएपछि मात्र उनको घरमा साँझबिहान चुल्हो बल्छ।

‘माग्न जान निकै अप्ठ्यारो लाग्छ। कतिपयले काम गर्न छाडेर किन माग्न बसेको भन्दै गाली गर्छन्। तर के गुर्न ? सन्तानको पालनपोषण गर्न माग्न बाध्य छु,’ सुनिताले बताइन्। दुई छोरा साना छन्। छोरीहरूले उनीहरूको रेखदेख गर्छन्। घर चलाउन समस्या भए पछि बालबच्चा विद्यालय पठाउन सकेकी छैनन्।

प्रतिक्रिया दिनुहोस्