बाबुसँग रि’स उठेपछि प्रधानाध्यापकले छोरालाई स्कुलबाट निकालिन्, कु’टपिटबाट बच्चाको खुट्टामा नि’लडाम

काठमाडौं : बागलुङको एक विद्यालयका प्रधानाध्यापकले अभिभावक सँगकाे म’नमुटावका कारण स्कुलबाट विद्यार्थी नि’ष्कासित गरेकी छन् । ढोरपाटन नगर पालिका –४ धिरी स्थित श्री धिरी आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्ने विद्यार्थी जगन छन्त्याल स्कुलका प्रअ र अभिभावक बीचको झ’गडाका कारण ६ महिना देखि विद्यालय जानबाट व’ञ्चित भएका छन्।

विद्यालयकी प्रधानाध्यापक मनदेवी बुढाथोकीले १४ वर्षीय बालक जगनलाई विद्यालयमा अनुशासन हीन काम गरेको आरोपमा गत असोज १गते विद्यालयबाट नि’स्कासित गरेकी हुन्। त्यसयता अभिभावको पटक पटकको आग्रह, ढोरपाटन नगरपालिका र जिल्ला शिक्षा समन्वय शाखा बागलुङको निर्देशन अवज्ञा गर्दैै प्रअ बुढाथोकीले बालकलाई विद्यालय आउन दिएकी छैनन्।

उनले राष्ट्रिय मानव अधिकार आयोगको स्पष्टीकरण पत्रलाई समेत बेवास्ता गरेकी छन् । विद्यार्थीका बुबा इन्द्रमान छन्त्यालले बारम्बार बच्चालाई विद्यालय पठाएपनि प्रधानाध्यापक बुढाथोकीले कक्षामा बस्न नदिएको गुनासो गरे। उनले प्रअ र वडाअध्यक्ष तिलक पुनसँग आफ्नो सामान्य म’नमुटाव रहेका कारण विद्यार्थी माथि अ’न्याय गरिएको दु:खेसो पोखे। प्रअ बुढाथोकी वडाअध्यक्ष पुनकी पत्नी हुन्।

बच्चाले लामो कपाल पालेको र काँटा लगाएको आरोपमा ६ महिना देखि विद्यालयबाट निस्कासित गरिएको छन्त्यालले बताए। उनले भने, ‘न स्कुलले बच्चा पढाउँछ, न सर्टिफिकेट दिन्छ। सामान्य निहुँमा बच्चाको भविष्य बर्बाद पार्न खोजियो ।’ उनले बच्चालाई जी आई पाइपले कु’टिएको दाबी समेत गरे। कु’टपिटबाट बच्चाको खुट्टामा नि’लडाम लागेको उनको भनाइ छ। नेपाल खबर डटकममा खबर छ ।

प्रतिक्रिया दिनुहोस्