आज रातिदेखि नयाँ सेवा सुरु गर्दै नेपाल टेलिकम, हरेक कलपछि म्यासेज

काठमाडौं : नेपाल टेलिकमले आज मंगलबारबाट आफ्ना ग्राहकलाई नयाँ सेवा सुरु गर्ने भएको छ। टेलिकमले आजबाट ‘एण्ड अफ कल सेवा’ अर्थात् कल पश्चात आउने ब्यालेन्स सम्बन्धि विवरण जानकारी दिने सेवाको परिक्षण गर्ने लागेको हो । यो सेवा जीएसएम मोबाइलमा सुरु गर्न लागेको टेलिकमले जनाएको हो ।यस सेवा अन्तर्गत कल सकिएपछि टेलिकमले बाँकि रहेको ब्यालेन्सबारे जानकारी दिन्छ ।

जस अनुसार टेलिकमले आज रातिदेखि केहि ग्राहकको मोबाइलमा कल गरेपछि अलर्ट म्यासेज आउँन सक्ने जनाएको छ । अहिले परिक्षणको रुपमा यो सेवा सुरु ग्रण लागिएको टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालयले जनाएको छ ।एनसेलले भने यो सेवा धेरै अगाडी देखि नै सुरु गरिसकेको छ ।यस अघि टेलिकमले मिस्ड कल अलर्ट सेवा जीएसएम पोष्टपेड तथ पि्रपेड मोबाइलमा उपलब्ध गरिसकेको छ ।

त्यस्तै नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई ब्राण्ड एम्बेसडर चयन गरेको छ। यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्काले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलि कम र फास्ट बलरका रुपमा परिचित पारस खड्का बीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे। सो अवसरमा उनले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहेको बताए ।

समारोहमा कम्पनीका नव नियुक्त ब्राण्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम सँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए । उनले यो सहकार्यले क्रिकेट खेलका साथै नेपाल टेलिकमद्वारा प्रदत्त सेवाहरु र नेपाल टेलिकमको ब्राण्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।हाल एक वर्षको लागि गरिएको सम्झौताअन्तर्गत रहेर क्रिकेट खेलाडी खड्का सम्झौता अवधि भर नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्राण्ड प्रवर्धनका विविध क्रियाक लापहरुमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्