दिसा-पिसाव गर्ने ठाँउ बन्दै जुम्लाकाे प्रयोग विहिन जनता आवास

मुगु, १३ फागुन। सिञ्जा गाँउ पालिकाको नराकोट लगायतका बस्तीहरुमा रहेको जनता आवास घरहरु हिजो आज प्रयोग विहिन भएको छ । वि’पन्न दलितहरुका लागि सरकारको अनुदानबाट बनेको यी घरहरु प्रयोग विहिन भएको हो । गत आर्थिक वर्षमा मात्र जुम्ला जिल्लामा राजनीति र पहुँच वालाको आडमा निमार्ण भएका जनता आवास ४ सय ५० घर मध्य धेरै घरहरु प्रयोगमा नआएको स्थानीयहरु बताउँछन् ।

सिञ्जा गाँउपालिका नराकोटमा बनेका १० भन्दा बढी जनता आवास घरहरु प्रयोग विहिन भएको छ । यी घरहरु हिमा नदीको किनारमा डेढ बर्ष भन्दा पहिले बनेको थियो । प्रयोगमा नआएको केही जनता आवास घरहरुमा विभिन्न राजनीतिक पार्टीका नाराहरु लेखि एको छ, भने केही घर दिसा–पिसाव गर्ने ठाँउ बनेको छ ।

यो पनि,कोरोना भाइरसकाे कारण रसुवागढी नाकाबाट सवारीसाधन आवतजावत बन्द : कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट सवारी साधन आवत जावत बन्द भएपछि भन्सार राजश्व असुलीमा शून्यता छाएको छ। रसुवा भन्सार कार्या लय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार केरुङबाट सामान आयात बन्द भएपछि यही फागुन १ गतेबाट भन्सार राजश्व असुलीमा शून्यता आएको हो ।

रसुवागढी नाकाबाट गत माघ १५ गतेभित्र सामान बोकी नेपाल भित्रिएका सबै मालवाहक ट्रक तथा कन्टेनरको परीक्षण तथा भन्सार शुल्क असुल गर्ने कामगत माघ महिनामै सम्पन्न भइसकेको बताउँदै उहाँले हाल भन्सार हाता पूर्ण रुपमा खाली रहेको जानकारी दिनु भयो । रसुवागढी, केरुङ क्षेत्रमा सवारीसाधन र मानिससमेत आवतजावत बन्द भएपछि सरदर दैनिक रु तीन करोड भन्सार शुल्क असुलीमा शून्यता छाएको भन्सार कार्यालयले जनाएको छ ।

मितेरी पुलबाट केरुङको आवत जावत बन्द भएपछि टिमुरे तथा स्याफ्रुबेँसीको व्यापार समेत बन्दी भइरहेको र फाटफुट रूपमा स्थानीय व्यापार भए पनि दिनभरको व्यापारले पसल सञ्चालन गरेका घरको भाडा तिर्न समेत मुस्किल पर्दै गएको व्यापारी बताउँ छन् । रसुवा जिल्लामा हालसम्म कोरोना भाइरसको कुनै पनि लक्षण देखा नपरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

दैनिक दुई तीन सय सवारी साधन गुड्ने त्रिशूली, धुञ्चे, रसुवागढी राजमार्ग क्षेत्रमा पछिल्लो समय दुई, चार वटा नियमित यात्रुबाहक बस तथा नगन्य मात्रमा हल्का सवारी साधन गुड्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले समयमै पूर्व सावधानी अपनाई सीमावर्ती क्षेत्र रसुवागढी केरुङको आवतजावत बन्द गराएका कारण निर्धक्क साथ बस्न सहज भएको स्थानीय बासिन्दाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्