प्रचण्डको एक कल फोनले तो’डियो वडाध्यक्षको अ’नशन

काठमाडौं : आ’मरण अ’नशन बसेका माडी नगरपालिका वडा नं. १का वडाध्यक्ष कृष्ण पौडेलले अनशन तोडेका छन् । निकुञ्ज ऐन संशोधनको माग गर्दै सात दिनदेखि अनसन बसिरहेका वडाध्यक्ष पौडेलले मंगलबार भरतपुर महानगर पालि काकी मेयर रेणु दाहालले जुस खुवाएर अनसन तोडाएकी हुन्।

सत्तारुढ दल नेकपाका अध्यक्ष एवं चितवनको सोही क्षेत्रका सांसद पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुरा गरेपछि उनी अनशन तोड्न सहमत भएका हुन् । पौडेलले उठाएका माग जायज रहेको र आफू ती माग पूरा गराउन लागि पर्ने पहल गर्ने बताए पछि उनले अनशन तोडेका हुन्। ‘मेरो निर्वाचन क्षेत्रको सासंद, मेरो अभिवाभक पनि हुनु हुन्छ, प्रचण्ड।

उहाँसँगको टेलिफोन संवादपछि, उहाँ माडीको यो न्यायको आन्दोलनमा आफ्नो ऐक्यवद्धता र अन्तिमसम्म साथ रहने प्रति बद्धता व्यक्त गरेपछि उहाँको विश्वासमा हात्ती पीडित आमालाई साँक्षी राखेर अनशन तोडेको हुँ’, अनशन तो’डेपछि वडाध्यक्ष पौडेलले भने।उनले भरतपुर महानगरकी मेयर दाहाल, प्रजिअ, नेपाली कांग्रेस र नेकपाका जिल्ला नेताहरुको उपस्थितिमा अन’शन तो’डेका हुन्।

माडी जाने निकुञ्ज भित्रको सडक चौबीसै घण्टा सञ्चालनमा ल्याउनु पर्ने, निकुञ्जबाट बढी प्रभावित बस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने लगायतका सात बुँदेमाग राख्दै उनी एक साताअघि देखि अनशनमा बसेका थिए। अनशनका क्रममा स्वास्थ्य गम्भीर भएपछि भरतपुर अस्पताल भर्ना गरिएको थियो भने कांग्रेस चितवनले उनका मागपूरा गर्दै जीवन रक्षाका लागि अपिल समेत गरेको थियो। अनशन तोडेपछि उनले माडीबासीका पक्षमा आफूले केही गर्न पाएको र आफ्ना माग पूरा भए यहाँका जनताले सुविधा पाउने भन्दै खुसी व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्