चीनमा को’रोना सं’क्रमणका बेला रो’बोट बन्यो वे’टर, ड्रोनले फै’ल्यायो स’चेतना

एजेन्सी : चीनले वर्षौदेखि आफ्नो देशलाई प्रविधि स’म्पन्न बनाउने सपना बोकेको थियो । उसले सन् १९८० देखि आफ्ना १६८ क्षेत्रलाई प्रविधिको क्षेत्र बनाउने लक्ष्यका साथ लगानी गरेको थियो । बेइजिङले प्रविधिबाट मात्र सन् २०१८ मा ३३ खर्ब युआन राजस्व उठाएको थियो। चीनको प्र’विधि सपना साकार ब’न्दै जाँदा सन् २०२० चीनको प्रविधि सपना थप साकार गर्ने परिक्ष’णकाल बनेको छ।

यतिबेला चीन कोरोना भाइरसको प्र’कोपबाट गुज्रिरहेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङले व्यहोरिरहेको कोभिद –१९ को प्र’कोपनै सबैभन्दा ठूलो स्वास्थ्य संकटकाल भएको बताएका छन् । यस बीचमा आफू प्रविधिको क्षेत्रमा निकै अब्बल बनेको भनेर चीनले प्रमा’णित गर्ने अवसर पाएको छ। चीनले आफ्नो प्रविधिलाई कोरोना भाइरस वि’रुद्धको अभियानमा प्रयोग गरिरहेको छ।

जसले सकरात्मक परिणाम पनि दिइरहेको छ।वेटर र डेलिभेरीम्यान बन्यो रोबोट कोरोना भाइरसको संक्रमण गत डिसेम्बरदेखि देखा परेपछि यतिबेला चीनका रेस्टुरेन्टमा वेटरको स्थान रोबोटले लिएका छन्। मानिसहरु समूहमा रहँदा कोरोनाको सं’क्रमण फैलिने भए पछि रो’बोटले घरघरमा खाना पुर्याउने काम पनि गरिरहेको छ।

ड्रोनको भूमिका स्प्रेयर र सूचनाको संवाहकः यस्तै चीनमा ड्रोनले माइकिङ गर्दै कोरोनाबारे सूचना फैल्याउने काम गरेको छ। ड्रोनले मास्कहरु मानिसहरुलाई दिने काम गरेको छ भने ड्रोनले स्प्रेयरको भूमिका निर्वाह गरेको छ । ड्रोनको परिचालनबाट भाइरस फैलन नदिन दबाई तथा औ’षधी छर्किने कार्य जारी रहेको चिनियाँ संचार माध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्