इरानका कार्यवाहक स्वास्थ्य मन्त्रीलाई नै कोरोना भाइरस

एजेन्सी: इरानका कार्यवाहक स्वास्थ्यमन्त्री इराज ह्यारिचीलाई नै कोरोना भाइरसको सं’क्रमण देखिएको छ। ह्यारिचीले आफ्नो मुलुकलाई कोरोनाभाइरस नियन्त्रणका लागि सरकारका तर्फबाट परामर्श दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए।

इरानको स्वास्थ्य मन्त्रालयले मंगलबार ह्यारिचीलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालय प्रवक्ताले आइआरएनएसँग दिएको अन्तर्वार्ता अनुसार मन्त्रीले आफूलाई क’मजोर महसुस गरेका थिए । लगत्तैको स्वास्थ्य परीक्षण पछि उनको भाइरस पोजेटिभ रिपोर्ट आएको हो।

उनमा कसरी भाइरसको संक्रमण देखियो भन्नेमा यकिन हुन नसके पनि भाइरसयुक्त विरामीलाई परामर्श दिँदा सरेको हुन सक्ने अनुमान छ। इरानको स्वास्थ्य मन्त्रालयले कोरोनाइभारसबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ भने ९५ जनामा संक्रमण देखिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्