लामो समयपछि काममा फर्किइन् रोशनी शाही

काठमाडौं : ज’बर’जस्ती क’रणी उद्योगबाट स’फाइ पाएका तत्कालीन सभामुख कृष्ण बहादुर महरा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन अझै समय लाग्ने भएको छ। गृह जिल्ला दाङका नेता तथा कार्य कर्तासँग भेटघाट गर्न सोमबार दाङ पुगेका महराले केही दिन उतै बिताउने भएकाले बैठकमा उपस्थित हुन नसक्ने भएका हुन्।

‘हिजोमात्रै उहाँ दाङ जानु भएको छ। केही दिन गृहजिल्लामै बस्ने कार्यक्रम रहेको हुँदा संसद बैठकमा उपस्थित हुनुहुन्न्’ उनका सहयोगी डिल्ली मल्लले भने ‘दाङबाट फर्केपछि मात्रै बैठकमा जानुहुन्छ। संसद सचिवालयका कर्मचारी रोशनी शाहीलाई जब’रज’स्ती को प्रयास गरेको आ’रोपमा उनी प’क्राउ परी थु’नामा रहेका थिए। झन्डै १ सय ३४ दिनसम्म प्रहरी हि’रासत र थु’नामा रहेका महरा भने जिल्ला अदालत काठमाडौंबाट स’फाइ पाएर गत फागुन ६ गते रि’हा भएका थिए।

जिल्ला अदालत काठमाडौंले उनले सफाइ पाएको जानकारी फागुन ७ संघीय संसद् सचिवालयमा पठाइएको थियो । उक्त जानकारी सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा बैठकमा समेत जानकारी गराएपछि महरालाई संसद बैठकमा फर्किन बाटो खुलेको थियो। उनी असोज १८ गते प’क्राउ परेका थिए। उता, रोशनी शाही भने संसद् सचिवालयका नियमित काममा फ’र्किएकी छन्। उनले सोमवारबाट संघीय संसद् सचिवालयमा हाजिर गरी नियमित काममा फर्किएकी संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्