चीनकै एक डाक्टरले बिकास गरे कोरोना भाइरस बि’रुद्धको ‘भ्याक्सिन’

काठमाडौं, १४ फागुन । विश्वलाई नै त्र’सित बनाइरहेको कोरोना भाइरस अर्थात कोभिड १९ बि’रुद्धको औषधि चीनकै एक डाक्टरले बिकास गरेका छन् । चीन कै वुहानमा पहिलाे पटक देखिएकाे भाइरस हाल ३ दर्जन भन्दा बढी मुलुकमा फैलिएको छ । विश्वमै तीव्र रूपमा यसकाे भाइ’रस फै’लिएछि निय’न्त्रण गर्न चुनौति परिरहेको बेला चिनकै डाक्टरले काेराेना बि’रुद्धको ‘भ्याक्सिन’ बिकास गरेका हुन् ।

चीनको अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सका अनुसार थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले कोरोना भाइरस बि’रुद्ध ‘भ्याक्सिन’ औषधि बिकास गरेका हाे । यो भ्याक्सीन मुखबाट लिन सकिने बताइएको छ । सुरुमा उनी आफैँले सो ‘ट्याबलेट’को चार डोज प्रयोग गरेको बताइएको छ । उनले बिकास गरेका ‘ट्यावलेट’ले कुनै साइड इ’फेक्ट देखाएका थिएन ।

मुखबाट लिनसकिने उक्त ‘भ्याक्सिन’ले कोरोनाको भा’इसरलाई मानिसको शरीरको भित्री मांसपेसीसम्म जानबाट रोक्ने तहलाई सक्रिय बनाइ सं’क्रमण हुनबाट रो’क्नुका साथै यसले सं’क्रमितको उपचारमा समेत सहयोग पुग्ने चिनियाँ अंग्रेजी दैनिक अखबार ग्लोबल टाइम्सले उल्लेख गरेको छ । ‘भ्या’क्सिन’को बिकास सँगै साे विश्वविद्यालयले औषधिलाई क्लि’निकल परीक्षण र धेरै मात्रामा ‘भ्याक्सिन’ उत्पादन गर्न साझेदारको खोजी गरीरहेको बताइएको छ।

प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको टोलीले ‘क्याप्सुल’का रुपमा केही नमुना चक्कीहरू तयार गरेको र उनीहरू ‘भ्याक्सिन’ निर्माणमा महत्वपूर्ण मानिएको प्रोटिनको पुनमिलन हुने क्षमता, निर्माण तथा खण्डीकरण प्रणालीलाई प्रभाव पार्न सक्ने प्रविधिको विका स गर्न सफल भएका हुन् । कोरोना भा’इरसका काराण मंगलबारसम्म २७ सय एक जनाको मृ’त्यु भइसकेको छ ।

चीनमा कोरोना भाइरसले सबैभन्दा धेरैको ज्या’न लिएको तथ्याङ्क छ। गत सोमबार मात्रै एकैदिन चीनमा ७१ जनाको मृ’त्यु भएको थियो। जसमा हुबेई प्रान्तमा मात्रै ६८ जनाको मृ’त्यु भएको थियाे । त्यसैगरी चीनमा एकैदिन ५ सय ८ नयाँ सं’क्रमित भेटिएका थिए । मंगलबार बिहानसम्ममा चीनमा मात्रै कोरोना सं’क्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्या’न गइसकेकाे छ ।

त्यस्तै विश्वभर २७ सय १ जनाको मृत्यु भएइसकेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । त्यसैगरी चीनपछि सबैभन्दा कोरोना प्रभावित मुलुक दक्षिण कोरियमा ११ जनाको मृ’त्यु भएको छ । मंगलबार साँझ सम्म ११ मानिसको मृत्यु भएको हो भने ९ सय ७७ जनामा यसको सं’क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्