आफ्नै नेतृत्वमा नयाँ दल खोल्दै पूर्वडीआईजी रमेश खरेल

काठमाडौं : नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नयाँ दल खोल्‍ने भएका छन्। पार्टी स्थापनाको उद्देश्यले उनले आफ्नै संयोजकत्वमा ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानको घोषणा गर्न लागेका हुन् । बिहीबार काठमाडौँमा एक कार्य क्रम गर्दै सो अभियानको घोषणा गर्ने खरेलले तयारी गरिरहेका छन्। अहिले अभियानका नाम दिइए पनि त्यसैलाई राजनीतिक दल बनाउने उनको तयारी रहेको छ।

खरेलले सो अभियान भ्रष्टाचारको विरोध, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर सञ्चालन गर्ने बताए । सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनता माझ लैजाने र त्यस पछि प्राप्त सल्लाह, सुझाव अनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको खरेलले बताए। खरेलले आफ्नो दलमा पूर्वप्रशासक, पूर्व सुरक्षाकर्मी, पूर्वप्राध्यापक लगायतलाई सहभागी बनाउन छलफल भइरहेको जानकारी दिए।

सो दलमा रक्षा मन्त्रालयका पूर्वकायम मुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्र’ष्टाचार वि’रोधी अभियन्‍ता बताउने ज्ञानेन्द्र शाही पनि सहभागी हुने बताइएको छ। सरकारले आफूभन्दा जुनियर सर्वेन्द्र खनाललाई २०७४ माघ २८ प्रहरी महानिरीक्षक बनाएको भन्दै पद बाट राजीनामा दिएका खरेल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका सहभागी हुने चर्चा समेत चलेको थियो।

प्रतिक्रिया दिनुहोस्