विप्लवको एक विज्ञप्तिले ८० लाख विद्यार्थीको पढाइ बि’थोलियो

काठमाडौं: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रा’न्तिकारी) ले आह्वान गरेको शैक्षिक ह’ड्तालका कारण बुधबार मुलुक भरका सम्पूर्ण शैक्षिक संस्थाको पढाइ ठ’प्प भएको छ । स्कुल तथा कलेजम पढिरहेका ८० लाख विद्यार्थी ह’ड्तालबाट प्रभावित भएका छन्।

विप्लव समूहले शैक्षिक ह’ड्ताल भन्दै मंगलबार साँझ एक पन्ने विज्ञप्ति सार्वजनिक गरेको थियो। त्यसकै भरमा विद्यालय ब’न्द भएका हुन् । विगतमा सरकारको वि’रोध गर्नुपर्‍यो भने नेपाल ब’न्दको कार्यक्रम गर्दै आएका संगठनले आफ्नो प्र’भाव बजारमा देखाउन नसकेपछि ब’न्द निष्प्रभावी बन्ने गरेको थियो।

ब’न्दको अवज्ञा गर्दै स्कुल तथा कलेज खोलेमा जुनसुकै बेला पनि आ’क्र’मणको निशानामा गर्न सकिने भएका कारण पढाइ ब’न्द भएको हो। बुधबार अधिकांश शैक्षिक संस्थाले फेसबुक पेजमा प्राविधिक स’मस्याका कारण पठनपाठन ब’न्द गरिएको सूचना अभि भावक तथा विद्यार्थीलाई दिएका छन्। कतिपय स्कुल तथा कलेजले फोन र सन्देश मार्फत पनि बुधबार पढाई नहुने जानकारी गराएका थिए।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसनका अध्यक्ष ऋतुराज सापकोटाले सबैको रिस नानीबाबु माथि भएको भन्दै आपत्ति जनाए । ‘हरेक पार्टी तथा संगठनले रिस पोख्नु पर्‍यो भने यही नि’मुखा नानीबाबुमाथि आ’क्रमण गर्छन्’ उनले भने, बालबालिकाको पक्षमा बोलिदिने कोही भएन।’

प्रतिक्रिया दिनुहोस्