लोकतन्त्रको जग बलियो बनाउन दलहरु एकढिक्का हुनुपर्छ : पूर्व राष्ट्रपति यादव

चितवन, २६ पुष । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले विधिको शासन, शुशासन र आर्थिक अनुशासन भएमात्र लोकतन्त्रको जग बलियो बनेर जाने बताउनु भएको छ । शनिबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै पूर्व राष्ट्रपति यादवले भन्नुभयाे, “देशवासीको सह अस्तित्व, समुदायमा एकता, समुदायको भवनालाई जोडेर हिड्नु पर्ने दायित्व सरकार र संघीय सभामा छ ।”

मिडिया स्वतन्त्र भएको देशमा लोकतन्त्र बलियो हुने उहाँको भनाइ थियो । जुन देशमा लोकतन्त्र बलियो हुन्छ त्यहाँ मिडिया स्वतन्त्र हुन्छ–उहाँले भन्नुभयो। तीन तहका सरकार बीचको समन्वयले मात्रै देश विकासको काम सम्भव रहेको बताउँदै उहाँले राष्ट्रको समस्या संघीय सभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने सुझाव पनि दिनुभयो । पूर्व राष्ट्रपति डा. यादवले भौगोलिक विविधता, समुदायको विविधतालाई एक बनाउँदै पूर्ण लोकतन्त्र र गणतन्त्रको आभाष हुने गरी काम गर्न दलहरुलाई आग्रह गर्नुभयो ।

नवलपुरको नवजागरण बहुमुखी क्याम्पसको भौतिक निर्माणका लागि आयोजना गरिएको बृहत् धनधान्यञ्चल महायज्ञको उद्घाटन गर्न उहाँ नवलपुर आईपुग्नु भएको हो । पूर्व राष्ट्रपति यादव शनिबार र आइतबार नवलपुर मै रहनु हुने जनाइएको छ । विधिको शासन, सुशासन, पारदर्शी शासन र आर्थिक अनुशासन भएमा मात्र लोकतन्त्रको जग बलियो बनेर जाने उनको भनाइ थियो ।

देशवासीको सहअस्तित्व, समुदायमा एकता, समुदायको भावनालाई जोडेर हिँड्नु पर्ने दायित्व सरकार र संघीय सभामा रहेको उनले बताए । ३ तहका सरकारबीचको समन्वयले मात्रै विकास सम्भव रहेको बताउँदै उनले राष्ट्रको समस्या संघीय सभाबाट समाधान गर्दै अघि बढ्नुपर्ने बताए । पूर्व राष्ट्रपति डा. यादवले भौगोलिक विविधता, समुदायको विविधतालाई एक बनाउँदै पूर्ण लोकतन्त्र र गणतन्त्रको आभाष हुने गरी काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्