पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन पत्रकार महासंघको आग्रह

काठमाडौं : नेपाल पत्रकार महासंघले हाम्रा कुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ। महा संघका महासचिव रमेश विष्टले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासंघमा शिवाकोटीले जानकारी गराउएका र सुरक्षा व्यवस्था मिलाउन माग गरेको जानकारी दिए ।

विष्टले पत्रकार शिवाकोटीको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेको जानकारी दिए । शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शं’कास्पद गति विधि बढाएकाले आफू असुरक्षित भएको भनी महासंघलाई जानकारी गराएका महासचिव विष्टले बताए ।

उनले स्वतन्त्रता पूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई ह’तोत्साहित बनाउने यस्तो गतिविधिको महासंघले भर्त्सना गर्ने बताए । कृष्णबहादुर महरा र गोकुल बास्कोटा प्रकरण बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी असुरक्षित भएको भन्दै महा संघलाई जानकारी गराएका महासचिव विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्