योगेश भट्टराईको सम्झनामा रविन्द्र अधिकारी

काठमाडौं : बुधबार (१५ फागुन २०७५) दिउँसोतिर योगेश भट्टराई होटल हिमालयमा एउटा कार्यक्रममा थिए । लन्च टाइमको ब्रेकमा बाहिर कफी खाइरहेका थिए । उनको नम्बरमा ताप्लेजुङका होटेल व्यवसायी सुरेश मादेनले फोन आयो । योगेशलाई लाग्यो, ‘जिल्लाका सरोकारका केही बिषय होलान् ।’ तर, जिल्लाका सरोकार नभई योगेशको प्रिय साथी रबिन्द्र अधिकारीको बारेमा असाध्यै अ’प्रिय समाचारको थियो ।

मादेनले मन्त्री रवीन्द्र अधिकारी चढेको हे’लिकोप्टर पाथीभराको फेदमा ख’सेको अ’पुष्ट जानकारी दिए । योगेश आत्तालिए । सबैभन्दा पहिले रविन्द्र अधिकारीकै नम्बरमा फोन गरे। फोन रबिन्द्रका स्वकीय सचिव राजेन्द्रले उठाए। उनले मन्त्री तेह्रथुम गएको बताए । उनको आधा घन्टा अघि सम्पर्क भएको रहेछ । राजेन्द्रलाई योगेशले भने, ‘तुरुन्त फोन गरेर उहाँको लोकेसन के छ बुझ्नुस् ।’

पछि ताप्लेजुङको सिडिओ, डिएसपीलाई र पत्रकार साथीहरूलाई फोन गर्दा पुष्टी भयो, ‘रबिन्द्र अधिकारी चढेकोे हेलिकोप्टर दु’र्घटना भएकै हो।’ यसपछि योगेशको फोन निरन्तर बज्यो । रविन्द्र सकुशल रहेको खबरको आशा गर्नु बाहेक योगेशसँग अर्को विकल्प थिएन । जिल्लाका सुरक्षाकर्मी र स्थानीयबासीलाई तुरुन्तै घ’टना स्थल जाने भने । तर, घ’टना स्थल पुगेकाहरुले हेलिकोप्टर खसेको र मानिसहरू जलिरहेको जानकारी दिएपछि योगेश गले ।

सपना हो की विपना ? जस्तै लाग्न थाल्यो । योगेशलाई सञ्चारकर्मीहरुले तारन्तार फोन गरीरहेका थिए । तर, केही भन्न वा प्रतिक्रिया दिन सक्ने अवस्थामा थिएनन् उनी । आँखा भरिएको थियो। हात काँ’पे जस्तो भइरहेको थियो । भिटू ट्र्याकको रेकर्डका अनुसार मन्त्री अधिकारी सहित चढेको हेलिकोप्टर १२ : ३५ मै भीरमा ठो’क्की सकेको थियो । रबिन्द्र अधिकारी योगेशको सुख दुःखका साथी थिए ।

०४५ साल यता रबिन्द्र र योगेशको मित्रता सधैं सुमुधुर थियो । विद्यार्थी राजनीति ताका पोखरादेखि रबिन्द्र काठमाडौं आउँदा योगेश सँगै बस्थ्थे । योगेश पकाउथे, रबिन्द्र भाँडा माझ्थे । त्यसो त रविन्द्र र योगेश राजनीतिको आरोह अवरोहमा पनि सँगै थिए । पार्टी बिभाजनको बेला योगेश र रबिन्द्र दुबै मालेतिर लागे । राजनीतिको अप्ठ्यारो मोडमा पनि उनीहरुसँगै थिए ।

भन्छन्, ‘राजनीतिका अत्यन्तै अप्ठयारा र अनक’ण्टार क्षणमा उहाँ र म सँगै बसेर सम्भावनाको खोजी गर्दथ्यौ। हामीले देखेको सपना र बनाएका योजनाको कार्यन्वयनमा उहाँको सक्रियता, गतिशिलता तथा सृजनात्मकता मेरा लागी सदैब अनुकरणीय रहे र रहिरहने छन् । पारिवारीक रुपले पनि हामी अत्य’न्त निकट रह्यौ ।’ विहिबार साँझ रबिन्द्रलाई योगेशले यसरी सम्झिए । उनकै शब्दमा : भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्