नयाँ पार्टी खोलेर राजनीतिमा आउँदै रमेश खरेल, भ्र’ष्टहरुलाई सफाचैट गर्ने

काठमाडौं । रमेशप्रसाद खरेल सबै नेपालीहरुको मुखमा झुण्डेको नाम हो। भ्र’ष्टाचारका विरुद्ध लामो समय देखि आवाज उठाउँदै आउँनु भएका नेपाल प्रहरीका पूर्वडीआईजी खरेलले अब नयाँ दल खोल्‍ने पक्का भएको छ । पार्टी स्थापनाको उद्देश्यले उहाँले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गर्नुभएको छ ।

अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच हुने उहाँले जानकारी दिनुभयो। खरेलले भ्र’ष्टाचार विरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताउनु भएको छ। सुरुमा ६ महिना सम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको उहाँले स्पष्ट पार्नुभयो ।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिनु भएको थियो। खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्र’ष्टाचार वि’रोधी अभियन्‍ता बताउने ज्ञानेन्द्र शाही लगायत पनि आबद्ध छन्। अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन् । पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि संगठनमा ल्याउनेबारे छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्