जव संसदमा बाबुरामले आफ्नै टाउकोमा आ’गो झोसे

सौगात पोखरेल,काठमाडौं : डा. बाबुराम भट्टराई नेपाली राजनीतिका एक वौद्धिक पुँजी हुन् । समयलाई बुझ्ने गतिशिल चेतनाको कारण उनि आज एक्लाजस्ता भएका छन् । प्रायः माफियाँको घरमा भन्दा जनताको घरमा भेटिने बाबुरामलाई न यतिको चिन्ताले पिरोल्छ नत एनसेलको कमिशनले नै लोभ्याउछ । उनि हिजोदेखि आजसम्म भुईमान्छेहरुको पक्षमा सतिसाल भएर उभिएका छन् ।

सांगठानिक क्षमता नभएको आरोप खेपिरहेका बाबुराम कहिलेकाही अलिबढी एकाङ्कीजस्ता देखिन्छन त कहिले वढी नै डाइनामिक जस्तो पनि लाग्न सक्छ । बोर्ड फस्ट भएर पहिलोपटक प्लेनमा पालुङ टारबाट हाफ पाइन्ट र चप्पलमा काठमाडौँ छिरेका बाबुराम यो देशको प्रधानमन्त्री पनि भए । छोटो प्रधानमन्त्री कालमा उनले गरेको सडक बिस्तारले आज पनि वाहवाही पाईरहेको छ ।

जनयु’द्धका क्रममा आफ्नै पार्टीको हि’रासत जीवन व्यहोरेर आएका उनी सत्य कुरा बोल्न कहिल्यै ड’राएनन् । बाबुराम भट्टराईसँग मेरो पनि राम्रै सहकार्य बन्यो। उनीसँग संगठनको बिषयलाई लिएर बहस र घम्साघम्सी पनि भयो । उनलाई हामी सधै यस्तो पाराले चल्दैन राजनीति शैलि फेर्नुस भनेर कहिले घुर्की लगाउथ्यौँ । कहिले ध’म्कीपुर्ण भाषा बोल्थ्यौँ ।

सत्यको पक्षमा बोल्दा थोरै मान्छे भईयो भनेर आत्तिने हो भने तपाईहरु पार्टीलाई चाहिदैन उनि भन्थे । उनका हरेक कुराकानी अहिले म सम्झिरहन्छु । कार्यकर्ताहरु उनी कहाँ फाइल बोकेर जान्थे उनि कार्य कर्तालाई फाइल बोकेर न’हिड्न भन्थे । कसैले पैसाको कुरा गर्यो भने झपारेर पठाउथे । उनि भन्थे –‘पैसाकै लागि भने अन्य दल पनि छन् । हामीले राजनीतिको फोहोर सफा गर्नु छ ।

त्यसैले पैसाको पछि नहिड्नुस । व्यापारीले राजनीति र नेताले व्यापार गरेर देश विग्रीयो।’ प्रायः नयाँ नयाँ विषयमा बहस गर्न रुचिकार भट्टराई एक्लो बन्न राजी हुन्थे तर पैसाका लागि बदनाम हुनुहुन्न भन्ने मान्यता बोक्थे। पछिल्लो समय देशमा घटेका बिभिन्न काण्ड हरुको बारेमा प्रश्न गरिरहने भट्टराईलाई ठेगान लगाउने नियतका साथ प्रधानमन्त्री केपी ओलीले मातातिर्थको जग्गाको विषयलाई ल्याएर बिवादमा तान्न खोजे ।

प्रधानमन्त्रीको आरोपलाई खण्डन गर्दै बाबुरामले संसदमा प्रमाणका ठेलीहरु बोकेर हाजिर भएर घटनाको बेलिविस्तार लगाए । अकबर र विरबलको कथा सुनाएर गोकुल काण्डबारे प्रधानमन्त्री ओलीलाई संसदको रोष्टममा उभिएर प्रश्न गरे –‘ प्रधानमन्त्रीले हामीलाई थ’र्काउन खोज्नु भएको हो भने २०५१ साल सम्झनुस । त्यो बेला तपाईले मान्छे लगाएर मेरो टाउ’कोमा हा’नेको खुकुरीको चो’ट बिर्सेको छैन ।

तर खु’कुरीको चो’टले सत्य र न्याय मरेन बरु जनयु’द्ध भएर देश यो अवस्थामा आइपुग्यो ।’ बाबुरामले अहिलेका राजनीतिक दलका नेताहरुलाई आ’रोप मात्र लगाएन बरु आफ्नै टाउकोमा आ’गो झोस्दै भने –‘ संविधान संसोधन गर्ने हो भने गरौँ तर झ्यालबाट कसैलाई छिराउनको लागि होईन बरु कार्यकारी प्रमुखको नियम बनाउ । अझै हिम्मत छ र आँट छ भने हामी सबैको सम्पति छानविन गरौँ ।

हिजो हामी साथीहरुले दिएको लुगा लगाएर हिड्थ्यौँ । साथीहरुको चप्पल मागेर लगाएर हिड्थ्यौँ । तर आज हामी कसरी हामी सुटेट बुटेट भएर हिडेका छौँ ? कसरी चिल्ला गाडी चढेका छौँ ? कसरी हाम्रा महल ठुल ठुल्ला भएका छन ? सम्माननिय प्रधानमन्त्री जीको तेह्रथुमको बुकुरो हेर्दा मेरो पनि त्यस्तै त्यस्तै हो तर उहाँको भन्दा अलि राम्रो छ मेरो घर त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौँमा महल जोड्ने हैसियतमा कसरी पुग्यौँ ।

हाम्रो बैधानिक कमाईले त्यो बुकुरो घर बाट काठमाडौँमा महल बनाउने हाम्रो हैसियत पुग्दैन त्यसको छानविन गरौँ । त्यसका निम्ति म सबैसँग आग्रह गर्न चाहन्छु । त्यसको सुरुवात म बाटै होस । ’ उनले आफ्नो मन्तव्यमा अन्त्य आइन्सटाइनको भनाईलाई सापट लिदैँ भने–‘संसार दु’ष्ट मानिसहरुका कारणले होईन कि टुष्ट मान्छेहरुसँग लड्न डराउनेहरुको कारणले सं’कटमा पर्न सक्छ ।

त्यसैले दु’ष्टहरुको बि’रुद्ध ल’ड्न अनुरोध गर्दछु ।’ सायद बाबुराम भट्टराईले सबै दल र तिनका नेताहरुको टाउकोमा पनि आँगो झोस्ने अभियानको थालनी गरेका होलान् । राजनीतिलाई पेशा वनाएर दुईचारबर्षमा नै अर्वपति बन्नेहरुको लुटको स्वर्गमाथी ठुलो धावा बोलेका थिए । जव उनले सबैको सम्पतिको छानविन गरौँ भने त्यो बेला धेरैका मनमा डरको घण्टी बज्न सुरु गरेको थियो ।

बाबुरामले आफ्नो टाउकोमा आगो झोसेर सुरु गरेको आगो सबै दलका नेता र उच्च पदस्थ कर्मचारीहरुको टाउकोसम्म पुगोस । र सवैको सम्पतिको छानविन होस् । यो अभियानले राजनीतिमा देखिएको लुटतन्त्रको अन्त्य गर्न सकोस । संसदमा बोलेको कुरामा बाबु राम सतिसाल झै भएर बस्न सकुन सुभकामना ।

प्रतिक्रिया दिनुहोस्