पोखराको सहिद पार्कमा रवीन्द्र अधिकारीको शालिक अनावरण

पोखरा । हेलिकप्टर दु’र्घटनामा परी ज्या’न गुमाएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । पोखरा १८ जामुन बोटमा बन्दै गरेको सहिद पार्कमा उनको शालिकको अ’नावरण गरिएको हो । अधिकारीको एक वर्षअघि फागुन १५ गते हेलिकप्टर दु’र्घटनामा नि’धन भएको थियो ।

सहिद पार्कको पूर्वी भागमा ठडिएको पूर्ण कदको रंगीन शा’लिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमान, उनकी धर्मपत्नी विद्या भट्टराई, पोखरा महानगर पालिकाका मेयर मानबहादुर जीसी लगायत ले शालिकको अनावरण गरेका हुन् । अन्य सहभागीहरुले पनि शालिकमा माला अ’र्पण गरेका थिए । उनको शालिकको माथिपट्टी हेलिकप्टरको डमी पनि स्थापना गरिने छ ।

सुर्खेतका कलाकार तिल बिर सुनार सेन्चुरीले रवीन्द्रको मू’र्ति तयार पारेका हुन्। ६ महिना लगाएर उनले यो मूर्ति तयार पारेका थिए । सो अवसरमा कलाकार तिलबिरलाई प्रमाणपत्रसहित माला लगाएर सम्मान पनि गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले रवीन्द्र ले छो’डेका सपनाहरुलाई पछ्याउने प्र’तिबद्धता गरेका थिए । चोकका शालिकलाई पार्कमा राख्ने योजना अनुसार बनिरहेको सहिद पार्क आउँदो आर्थिक वर्षमा तयार पारिसक्ने पोखरा महानगर पालिकाका मेयर मानबहादुर जीसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्