७० करोड काण्डको नेपथ्यमा प्रधानमन्त्री र शक्तिशाली व्यक्तिको संलग्नता छ : सांसद पाण्डे

काठमाडौँ, १५ फागुन । राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डेले सरकार का’ण्डै काण्डले थलिएकाे बताउनु भएको छ । तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड काण्डमा शक्ति शाली व्यक्तिको हात रहेको भन्दै उहाँले निवर्तमान मन्त्री बाँस्कोटालाई बलिको बोका बनाइएको बताउनु भएको छ । उहाँले सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरणमा मन्त्री बाँस्कोटा एक्लैको मात्र संलग्नता नरहेको दाबी गर्नुभयो ।

बाँस्कोटाको नेपथ्यमा प्रधानमन्त्री र प्रधानमन्त्रीजत्तिकै शक्तिशाली व्यक्तिहरुको संलग्नता रहेको भन्ने कुरा भइरहेको छ उहाँले भन्नुभयाे। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले वर्तमान सरकार काण्डै काण्डमा फसेको र एउटा काण्ड सकिन नपाउँदै अर्काे काण्ड आउनुले एउटा काण्डलाई छोप्न अर्को काण्ड मच्याईको आरोप समेत लगाउनु भयो । उहाँले भन्नुभयो, ७० करोड काण्ड, केक काण्ड, त्यसलाई छोप्न संविधान संशोधन काण्ड आउनुले सरकारको नाङ्गो रुप छलङ्ग भएको बताउनुभयो ।

साथै उहाँले, बाँस्कोटलाई बलिको बोको बनाएर शक्तिशालीहरूले उन्मुक्ति चाहेको उल्लेख गर्नुभयो । सरकारको प्रवक्ता सरकारको मुख भएको उल्लेख गर्दै सांसद पाण्डेले भन्नुभयो, मुखै बैरी भएपछि सरकारको भावना जेष्टा र चाहना के होला ? निवर्तमान सञ्चार मन्त्री बाँस्कोटा प्रधानमन्त्रीको सुपुत्र जत्तिकै प्यारो भएको उल्लेख गर्दै उहाँले मन्त्री बाँस्कोटाको बचाउमा लागको भन्दै आपत्ती जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्