अब पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर

काठमाडौं: सरकारले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ विकास कर लगाउने निर्णय गरेको छ। विकास कर थप ५ रुपैयाँ बढाएकोबारे सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री युवराज खति वडाले जानकारी गराएका हुन। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसमेत सम्हालेका खतिवडाले पहिलो पटक मन्त्रिपरिषद बैठक सार्वजनिक गरेका हुन्।

फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँमा कर लगाउने निर्णय गरेको थियो। योसँगै पेट्रोल र डिजेलमा विकास कर १०रुपैयाँ हुनेछ। यसअघि सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पेट्रोलियम पदार्थमा प्रति लिटर ५ रुपैयाँ कर लगाउन शुरु गरेको थियो।

बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् । गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्