श’व ओसार्दा पनि ३१ लाख ५९ हजार भ्रष्टाचार !

काठमाडौं : अख्तियारले श’व ओसारेको देखि हुँदै नभएका कर्मचारीलाई समेत कार्यरत रहेको देखाएर भ्र’ष्टाचार गर्ने डिएसपी सहित ५जना वि’रुद्ध भ्रष्टाचार मु’द्दा दायर गरेको छ ।आयोगले हुम्लाका तत्कालीन डिएसपी त्रिलोकबहादुर चन्द कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्त बहादुर शाही, लेखापाल सई माधवचन्द ठकुरी, लेखा शाखामा कार्यरत लेखा सहायक हवल्दार टंकबहादुर मल्ल र जवान सर्वराज खत्री वि’रुद्ध विशेष अदालतमा मंगलबार मु’द्दा दायर गरेको हो ।

उनीहरू ४ जना मिलेर सिपाहीको नाममा न’क्कली हस्ताक्षर गरी दैनिक तथा भ्रमणभत्ता निकाल्ने, लास ओसारेको भनी न’क्कली विल बनाएर पैसा निकाल्ने गरेर २०७२ असोज देखि २०७३ असारसम्म ३१ लाख ५९ हजार ५ सय ६० रुपैयाँ भ्रष्टाचार गरेको अख्ति यारले ठ’हर गरेको छ ।

ला’स ओसारेको, तलब, स्थानीय भत्ता तथा राशनसमेतको भरपाईमा जोड जम्मामा फरक पारी बढी खर्च ३० लाख ९० हजार ५ सय ८ रुपैयाँ र हुँदै नभएको सिपाही ईश्वरी श्रीश भन्ने व्यक्तिको नाममा स्थानीय भत्ता तथा रा’शन भत्तामा खर्च गरेको ६९ हजार ५१ रुपैयाँ सरकारी रकम निकाली भ्रष्टाचार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्