कोरोना भाइरसको सं’क्रमणप्रति विमानस्थलमा ‘शून्य’ सावधानी, बिना चेकजाँच यसरी भित्रिदै यात्रुहरु ! (भिडियो)

काठमाडौं, १५ फागुन । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५०१ औं एपिसोड हो। कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ। निम्न विषयमा विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. कोरोना भाइरसबाट बच्न नेपालीको तयारी पुगेन !

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)बाट विश्व नै त्र’सित छ । यूरोपका विकिसित भनिएका कतिपय देशहरु कोरोना भाइरसबाट आक्रान्त बनेका छन्। यो रिपोर्ट तयार पार्दासम्म विश्वका ४७ देशका ८२ हजार भन्दा बढी व्यक्ति संक्र मित भएका छन् । कोरोना भाइरसककै कारण चीनमा मात्र दुई हजार ७ सय ४४ जनाले ज्या’न गुमाइ सकेका छन् ।

त्यस्तै चीन बाहेक इरानमा १९ जना, इटाली र दक्षिण कोरियामा १२/१२ जना, जापानमा ७ जना, हङकङ र फ्रान्समा २/२ जना र ताइवान र फिलिपिन्समा १/१ जनाले ज्या’न गुमाइसकेका छन् । कोरोना भाइरस विश्वमा तीव्र रुपमा फैलिरहेको विश्व स्वास्थ्य संग ठनले जनाएको छ । गत मंगलबार चीनमा ४११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, भने चीनबाहिरका अन्य देशहरुमा ४२७ जना संक्रमित भएका छन् ।

२. साउदीमा अ’लपत्र छोराको उद्दार गर्न बुबा शम्भू मण्डलको आग्रह

सुनसरीका शम्भू मण्डल पछिल्लो तीन महिनादेखि रोजगारीका लागि साउदी गएका आफ्नो छोराको उद्दारका लागि बैदेशिक रोजगार विभाग र श्रम मन्त्रालय धाइ रहेका छन् । रोजगारीका लागि साउदी पुगेका उनका छोरा सञ्जय कुमार मण्डलले विगत तीन महिना देखि राम्ररी खान र बस्न पाइरहेका छैनन् ।

सञ्जयले कार्यक्रममा लाइभ आएर आफूले खान र बस्न समेत नपाएको गुनासो गरेका थिए । कार्यक्रममा छोराको गुनासो सुने पछि उनका बुवा शम्भू पनि हाम्रो कार्यालय आएका छन् । सरकारले फ्री भिषा फ्री टिकट भनेको देशमा सञ्जय मण्डलले डेढ लाख रुपैयाँ तिरेर साउदी पुगेका हुन् । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्