२३ सय बढीमा कोरोना भेटिए पछि दक्षिण कोरियाली नागरिकलाई ५२ देशमा प्रवेश नि’षेध

सौल । चीनपछि कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरिया बढी प्र’भावित भएको छ । कोरियाको स्वास्थ मन्त्रालयको सरुवा रोग नियन्त्रण केन्द्रका अनुसार शुक्रबार बेलुका सम्ममा २ हजार ३ सय ३७ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । त्यस्तै १३ जनाले ज्यान गुमाएका छन् ।कोरोनाको जस्तै लक्षण देखा परेका शं’कास्पद २५ हजार ५ सय ६८ जनाको विशेष निगरानीमा परीक्षण तथा उपचार हुँदैछ ।

स’रुवा रो’ग नियन्त्रण केन्द्रका अनुसार संक्रमित भएका २७ जना उपचारपछि सामान्य अवस्थामा फर्केर अस्पतालबाट डि’स्चार्ज भएका छन् । गएको सोमबारसम्म ८ सय ३३ जनामा यसको संकमण देखिएको थियो । मंगलबार संक्रमितको संख्या बढेर ९ सय ७७ पुगेको थियो । यसैगरी बुधबारसम्ममा १२ सय ६१ जनामा संक्रमण देखिएको थियो । तर, विहिवार एकैदिन ५ सय ५ जना बढेर १७ सय ६६ पुगेको थियो ।

शुक्रबार बिहान सम्म आइपुग्दा २ सय ५६ जना बढेर संक्रमितको संख्या २ हजार २२ पुगेको थियो। शुक्रबार बेलुका सम्ममा फेरि ३ सय १५ जना बढेर संक्रमितको संख्या २ हजार ३ सय ३७ पुगेको हो । संक्रमितको संख्या अझै बढ्ने आशंका गरिएको छ। संक्र मित मध्ये ८० प्रतिशत थेगु आ’सपासका मानिसहरु रहेका छन् । संक्रमणले उग्ररुप लिन थालेपछि कोरियाकोसरुवा रो’ग नियन्त्रण विभागले हा’इअलर्ट जारी गरेको छ ।

कोरियाली नागरिकलाई ५२ देशले तत्कालका लागि आफ्नो देशमा भम्रणको लागि रो’क लगाएका छन् । यहाँको सरकारले आगामी मार्च ८ तारिख सम्मका लागि स्कुल तथा कलेजहरु पूर्ण रुपमा नि’षेध गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका सचिव मनोज गौतमका अनुसार हालसम्म कुनै पनि नेपालीमा यसको संक्रमण देखिएको छैन ।

तर, अधिकांश नेपालीहरु रहेको थेगु क्षेत्रमै धेरै संक्रमण देखिएका कारण उनीहरु त’नावपूर्ण अवस्थामा काम गरिरहेका छन् । ‘हालसम्म कोही पनि नेपाली सं’क्रमित भएका छैनन्। हामी नेपालीको सहायताको लागि २४ घण्टा तैनाथ छौँ, उनले भने ‘नेपालीहरुमा डर र त्रास निकै छ । केही कम्पनीले काम रोके पनि धेरै जसो कम्पनीले काम गराइ राखेका छन् ।

नेपालीहरु त’नावपूर्ण स्थितिमा काम गरिराखेका छन् । ’एनआरएनएले सौलस्थित नेपाली दूतावास तथा सरुवा रोग नियन्त्रण केन्द्रको स’मन्वयमा त्यहाँ रहेका नेपालीहरुमा भाइरसबाट ब’च्न स’चेतना फैलाइरहेको गौतमले बताए। ‘एउटा टिम नै बनाएर विभिन्न माध्य मबाट २४ घण्टा ख’टिएका छौँ । यो टिमले भाइरसबाट ब’च्न स’जग गराउनुका साथै स’मस्या परेको खण्डमा आवश्यक सहयोग गर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्