हेर्नुहोस आजको राशिफल : वि.सं.२०७६ साल फाल्गुन १७ गते शनिबार, कुन राशिको भाग्यफल कस्तो छ ?

युवा ज्योतिषी डीपी भण्डारी : वि.सं. २०७६ साल फागुन १७ गते शनिबार । ईस्वी सन् २०२० फेब्रुअरी २९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुण शुक्ल पक्ष । तिथि– षष्ठी अहोरात्र । नक्षत्र– भरुणी, ५२ घडी २२ पला, रातको ०३ बजेर २८ मिनेट उप्रान्त कृतिका । योग– ब्रह्म, ०७ घडी ५९ पला, बिहान ०९ बजेर ४३ मिनेट उप्रान्त ऐन्द्र ।

मेष : राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरू बीच घनिष्टता बढेर जानेछ । दिगो फाइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेयोग रहेको छ ।

वृष : मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरुको कारोबारबाट फइदा हुनेछ । दाजु भाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । लामो दूरीको विदेश यात्राको योग रहेको छ भने विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

मिथुन : भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घ’ट्न सक्छन् । प्राकृतिक स्रोत तथा सरकारी धनको सही परिचालन गर्न नसक्दा आम्दानीका बाटाहरु साघुरा हुने छन् । पढाइ लेखाइ तपार्इं आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुनेहुँदा अरू प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । प्रेममा एकअर्काबीच वैमनस्यता बढेर जाने योग रहेको छ भने जीवन साथीसँग अविश्वास बढेर जानेछ ।

कर्कट : क्षमता प्रयोग गरी अरूलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भनेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिँडी चड्न सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउने हुँदा सामाजिक पद पाउने ग्रहयोग रहेको छ । प्रेममा रमाउन चाहनेहरुले एकअर्कालाई विस्वास गर्दै अगाडि बढ्ने समय रहेको छ ।

सिंह : अरूलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दा पनि प्रशस्त आम्दानी गर्न सकिने छ । लामो दूरीको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिरतिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारी स्तरमा तपाईंको प्रभाव बढ्ने हुनाले समयमा कामहरु बन्नेछन् ।

कन्या : नसोचेको धन सम्पत्ति हात लाग्ने गतिलो योग रहेको छ । व्यापार व्यावसायमा समय लगानी गर्नेहरुले मनग्गे धनसम्पत्ति सङ्ग्रह गर्न सक्नेछन् । विद्यामा समय दिएअनुसार राम्रै नतिजा ल्याउन सकिनेछ । माया प्रेममा अविश्वास सिर्ज ना भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपानमा विशेष ध्यान दिनुहोला सामान्य स्वास्थ्यसम्वन्धी समस्या आउँने तथा पुरानो समस्या बल्झन सक्छ ।

तुला : दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद् तथा समृद्ध बनाउन सकिने छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाइ लेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।

वृश्चिक : पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै नतिजा तपाईं आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने तपाईंको खैरो खन्नेहरु आफै साइड लाग्नेछन्। वि’वादित विषयहरुको निर्णय तपाईं आफ्नै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेको छ ।

धनु : भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पत्ति प्राप्त हुने हुँदा सुख सागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई विगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुने छ । छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धी पेसा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपाईंलाई सम्झनेछन् ।

मकर : राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले राज्यबाट पद प्रतिष्ठा प्राप्त हुने समय रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्य लाभ लिन सकिनेछ । आमा वा अग्रजको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारमा आफन्तसँगको सम्बन्ध सुदृढ भएर जानेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले जीवनमा सफल भएको महसुस हुनेछ ।

कुम्भ : साहसिलो काम गर्ने जोसजाँगर आउँनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईंको नाम अग्र स्थानमा आउँनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ भने छोटो दूरीको शैक्षिक यात्राको अधिक सम्भावना रहे को छ । दाजुभाइ तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न होइनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीच मायाको गाँठो कसिलो भएर जानेछ ।

मीन : व्यापार व्यावसायमा बढोत्तरीको योग रहेको छ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिने छ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ। माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ भने थोरै बोलेर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्