कन्हैया कुमार माथि देश द्रो’हको मुद्दा अघि बढाउन केजरीवालको अनुमति

एजेन्सी : दिल्ली सरकारले जवाहारलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा सन् २०१६ फेब्रुअरी ९ को एक कार्यक्रममा देश वि’रुद्ध नारा लगाएको भन्दै कन्हैया कुमार माथि परेको मु’द्दा अघि बढाउने निर्णय गरेको छ । सन् २०१६ फेब्रअुरी ९ को जेएनयू विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा देश वि’रोधी ना’रा लगाएको भन्दै विद्यार्थी संघका तत्कालीन अध्यक्ष कन्हैया कुमार सहित दस जना वि’रुद्ध देश द्रो’हको आ’रोप लागेको छ । यस अघि दिल्ली सरकारले प्रहरीलाई मु’द्दा दर्ता गर्न अनुमति दिएको थिएन । अब अनुमति पाएपछि कन्हैया माथि देश द्रो’हको मु’द्दा अघि चलाइने छ ।

फास्ट ट्रयाक अदालतमा मु’द्दा चलाउः कन्हैया

दिल्ली सरकारले देश द्रो’हको मुद्दा अघि बढाउन अनुमति दिएपछि प्रतिक्रिया दिने क्रममा कन्हैयाले मु’द्दाको सुनुवाई फास्ट ट्रयाक अदालतमा हुनुपर्ने बताए । फास्ट ट्राक अदालतबाट हुने सुनुवाई पछि मात्र सम्पूर्ण देशले देशद्रो’हको मु’द्दा कसरी दु’रुपयोग भइ रहेको छ भन्ने थाहा पाउने कन्हैयाले बताए । कन्हैयाले यो मु’द्दा राजनीतिक रुपमा प्रेरित भएको बताउदै भने ,‘विगतमा जब म चुनावमा उठ्दा यो मु’द्दा हालिएको थियो ।

अहिले पुनः विहार चुनाव हुन लागेपछि मु’द्दा अघि बढेको छ ।’ कन्हैया कुमार र उनका साथी माथि ९ फेब्रअुरी २०१६ को कार्यक्रममा देश वि’रोधी ना’रा लागेको आ’रोप लागे पनि मु’द्दा भने १४ जनवरी २०१९ मा हालिएको थियो । तथापि ९ फेब्रुअरीको दिन को कार्यक्रममा देश वि’रोधी ना’रा लगाएको भनेर सार्वजनिक भिडियोमा रहेको ना’रापछि थपिएको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्