मैले पाउनु पर्ने नोबेल शान्ति पुरस्कार अरु कसैलाई दिइयो भन्दै यसरी गुनासो पोखे ट्रम्पले

काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनु पर्ने बताएका छन् । ट्रम्पले आफ्नो दाबे दारीलाई वास्ता नगरिएको भन्दै गु’नासाे पनि व्यक्त गरेका छन् । नोबेल शान्ति पुरस्कारलाई लिएर ट्रम्पले एक बयान दिएका छन् । ओहायोको टोलेडोमा आफ्ना समर्थकसँग ट्रम्पले भने, ‘म तपाईँहरुलाई नोबेल शान्ति पुरस्कारको विषयमा बताउन चाहन्छु ।

मैले एक देशलाई बचाए र त्यसपछि त्यही देशका प्रमुखलाई नोबेल शान्ति पुरस्कार दिन गइरहेको कुरा थाहा पाएँ, देशलाई बचाए बापत । त्यसपछि मैले यसबारेमा केही गर्न सक्छु कि भनेर सोचेँ। तर मैले गर्दा नै एउटा ठूलो युद्ध टरेको हो, यसबारेमा कसैलाई थाहा छैन ।’ ट्रम्पको यो भिडियो ट्वी’टरबाट पनि शेयर गरिएको छ । डोनाल्ड ट्रम्पले न त नोबेल पुरस्कार विजेताको नाम लिए न त त्यस देशको नाम नै लिए ।

तर उनले इथोपियाका प्रधानमन्त्री अबी अहमदको बारेमा कुरा गरिरहेको प्रस्ट हुन्थ्यो। ४३ वर्षीय अहमद अफ्रिकामा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति हुन। अबी अहमद सन् २०१८ अप्रिलमा इथोपियामा महिनौँसम्म सरकार विरोधी प्रदर्शनपछि प्रधानमन्त्री बनेका थिए । विरोध प्रदर्शनका क्रममा इथोपियाका पूर्व प्रधानमन्त्रीले पद छोड्नु परेको थियो ।

प्रधानमन्त्री बनेपछि अहमदले उदारताको परिचय दिएका थिए । उनले जेलमा बन्द हजारौँ कार्य कर्तालाई रिहा गर्दै निर्वासित असन्तुष्टलाई देश फर्किन सक्ने अनुमति दिए । उनले देशमा सञ्चार माध्यमलाई स्वतन्त्रता पूर्वक काम गर्न दिए र ठूला ठूला पदमा महिला हरुको प्रतिनिधित्व गराए । गएको वर्ष अक्टोबरमा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्