दक्षिण कोरियामा कोरोना भाइरस सं’क्रमणको स्तर चीनमा भन्दा बढी

एजेन्सी : शुक्रबार दक्षिण कोरियामा ५९४ नयाँ कोरोना भाइरस सं’क्रमित भेटिए । यो संख्या शुक्रबार नै चीनमा भेटिएका नयाँ संक्रमित भन्दा बढी हो । कोरोना भाइरसको उद्गमस्थल तथा सबैभन्दा प्रभावित देश चीनमा पछिल्लो समय नयाँ सं’क्रमितको संख्या घट्न थालेको छ । शुक्रबार चीनमा ४२८ नयाँ संक्रमितको पहिचान भएको थियो । भाइरसबाट मर्नेको हकमा भने चीननै अगाडि छ ।

चीनमा हिजो दिनभर ४७ व्यक्तिको मृत्यु भयो । चीनमा कोरोना भाइरसका कारण हालसम्म २८३५ को मृत्यु भइसकेको छ । त्यस्तै हाल सम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ७९२५२ रह्यो । उता दक्षिण कोरियामा संक्रमितको कुल संख्या २९३१ पुगेको भने कोरोनाभाइरसका कारण १७ को मृत्यु भएको छ । नयाँ प्रमाणित संक्रमितको संख्याको हिसाबमा दक्षिण कोरियाले चीनलाई पछि पारेसँगै त्यहाँ चिन्ता बढेको छ ।

दक्षिण कोरियामा अधिकाशं कोरोनाभाइरस संक्रमित देशको दक्षिण पूर्वी भागमा तेगु सहरमा देखिएको छ । तेगुको प्रकोप पछाडि एक क्रिश्चियन समूह सिन्चे ओन्जी चर्चसमूहसँग जाडिएको छ । केहीले उक्त चर्चलाई धार्मिक पन्थको रुपमा हेर्ने गर्छन् । अधिकारीका अनुसार सहरमा उक्त समूहले आयोजना गरेको एकका भेलामा सदस्यले एकअर्कालाई संक्रमित गरेका थिए । संक्रमणको स्तर पहिचान हुनु अघि त्यसले विकराल रुप लिइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्