११ वर्षकी नानीले साना २ भाइबहिनी पाल्दै, छोडेर गएका आमाबुवालाई सम्झेर भोकोपेट रुँदै सुत्छन् (भिडियो सहित)

काठमाडौं । सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको भावरटोलमा एक परिवार छ जसको ठूलो अभिभावक भनेको नै ११ वर्षीया बालिका हुन्। आमाले छोडेर गएपछि ११ वर्षीया छोरीले भाइबहिनी हेरेर बसेकी थिइन्। बुवा भारतमा वैदेशिक रोज गारीमा रहेका कारण घरमा साना छोराछोरी मात्र छन् । ११ वर्षको छोरीले भाइबहिनी पालेर बसेकी थिइन् ।

त्यो अवस्थाको बारेमा भिडियो सार्वजनिक भएपछि भारतमा रहेका बुवा भने अहिले फर्केर आएका छन। तर उनीहरुको आर्थिक अवस्था भने निकै कमजोर छ। ११ वर्षको छोरीले आफु सहित ४ जनाको भाइ बहिनी पालेर बसेकी थिइन्। उनको बुवाले दोस्रो विवाह पछि यि चार छोराछोरी जन्मिएका थिए । दलबहादुर दमाई नाम बताएका उनले भने पहिलो विवाह गरेको थिए त्यो श्रीमतीवाट छोराछोरी ज’न्मिएनन् ।

त्यसपछि दोस्रो विवाह गरेँ । मेरो र श्रीमतीको उमेरको निकै फरक थियो । मेरो उमेर अलि बढी भइसकको थियो घरमा श्रीमती सुन्दर र भर्खरकी थिइन् । चार छोराछोरी जन्माइन्। चार छोराछोरी र श्रीमतीलाई राम्रो जिवन जिउने बातावरण बनाउँछु भनेर म भार तमा कमाउन गएँ । तर मेरो श्रीमतीले घरमै अरु केटा ल्याउने बस्ने गरेको थाहा पाएँ । भारतमा कमाएको पैसा सबै पठाउँथे आफुले नखाएर बचाएर पढाएको पैसा अरुलाई खर्च गरेर ऋण लगाइछ ।

म भारतको लद्दाकमा थिए । त्यतीबेला नै श्रीमती साना बालबालिका छोडेर पोइला गइछ । त्यसपछि फर्केर आएर एउटा ९ वर्षको छोरा लिएर फेरी भारत गएँ । अलिकति पैसा कमाएर आउँला र छोराछोरीलाई सजिलो जिवन बनाउँछु भनेर गएको थिए। तर मिडि यामा यस्तो देखेपछि फेरी फर्केर आएँ । घरमा भएको कुखुरा, बाख्रा, सुनचाँदी सबै बेचेर ऋणमा डुवाएर गइछ । म बुढो भइसकेँ अब त्यसरी कमाउन पनि सक्दिन ।

त्यसैले मेरो त जिवन जसरी पनि काटौंला तर यि छोराछोरीको भविष्यको तपाईहरुको हातमा छ ।श्रीमतीले आफु म पुरानो घर जुम्ला जान्छु मलाई सुनचाँदी बनाउन लगाएकी थिइन् । एक पटक पोइला गएकी श्रीमतीलाई पनि उनले छोराछोरीका लागि फिर्ता लिएर आएका थिए । तर उनी फेरी पनि बसिनन् । अहिले कहाँ गइन् कता छन् भन्ने केही थाहा छैन । उनले बर्दियाको चौधरी थरको एक जनाले लिएर गएको बताउँछन् । छोराछोरीको मुख हेरेर पोइला गएको श्रीमती पनि फर्काएर ल्याएको बताए । उनले छोराछोरीको भविष्यका लागि उनी निकै चिन्तित छन् । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्