भोलिदेखि कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दै, ३१ दिनमै नतिजा आउने

काठमाडौँ। अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ बाट खुल्ने भएको छ ।पूर्वीय समय अनुशार ‘भिसा एचवान बी’ भोलि मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससी आईएस ले जनाएको छ।

युएससी आईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अवधि भित्र विश्व भरबाट अनलाईन मार्फत आवेदन दिन सकिने छ । अनलाईन फर्म दर्ता गर्न १० डलर शुल्क लाग्नेछ । यसपछि युएससी आईएसले कन्फर्मेशन नम्बर उपलब्ध गराउनेछ।

कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइन मार्फत दर्ता गराउनका लागि युएससी आइएसको अनलाइन एकाउन्टको प्रयोग गनु पर्ने छ। यसरी अनलाइन प्रणालीबाट छनोट भएकाहरुको नाम मार्चको ३१ मा सुचित हुनेछ । नेपाली समय अनुसार दिउँसो १२ बजेदेखि दर्ता खुल्ने र मार्च २० दिउँसो १२ बजेसम्म दर्ता गर्न सकिने युएससी आईएसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्