मोडल खुश्वु ओलीलाई दुई बर्ष जे’ल !

काठमाडौं । चेक बा’उन्स प्र’करणमा वि’वादीत मोडल खुश्वु ओली लाई जिल्ला अदालत काठमाडौंले शुक्रबार दुई बर्षको जे’ल स’जाय सुनाएको छ । लेन देनका क्रममा ओलीले सापटको पैसा तिर्नका लागि रकम नभएको कुमारी बैंकको बा’उन्स भएको चेक सप्तरी राजविराज–८ का गोपाल कटुवाललाई दिएकी थिइन् ।

यस अघि तीन महिना भित्र रकम तिर्न भन्दै अदालतले पूर्पक्षका लागि थुन्ने आ’देश दिएको थियो तर ओलीले उक्त रकम तिरिनन् ।२ वर्षअघि ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम चहिएको भन्दै ३६ लाख लिएकी थिइन्। खुश्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत् उनले ३६ लाख रुपैयाँको चेक कटुवाललाई दिइन् ।

तर त्यसमा रकम थिएन । कुमारी बैंक न्युरोड शाखामा कटुवालले चेक बा’उन्स गराई अदालतमा मु’द्दा हालेका थिए । विनिमय अधिकार पत्र ऐन २०३४ को दफा ५३ बमोजिम कटुवालले मोडल ओली वि’रुद्ध जिल्ला अदा’लतमा मु’द्दा दायर गरेका थिए । उक्त मु’द्दाको फै’सला गर्दै ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार दुई वर्ष कै’दको फै’सला सुनाएको हो ।

मोडल ओली विभिन्न वि’वादमा ता’निने गरेकी थिइन् । उनी इन्का’उन्टरमा मा’रिएका गु’न्डा ना’इके दिनेश अधिकारी ‘चरी’सँगको स’म्बन्धका कारण पनि चर्चामा थिइन् । केही वि’वादीत प्रहरी अधिकारी सँग पनि उनको स’म्बन्धको चर्चा चल्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्