मन्त्रि योगेश भट्टराईले हाकिमलाई भने काम गर्न नसक्ने भए ठाउ खालि गर्नुस

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमनमा पुगे । उनले मुख्य गरी शौचालयहरुको निरीक्षण गरे ।जब उनी शौचालयहरु हेर्न पुगे, हात धोए पछि पुछ्न न टिस्यु पेपर राखेको देखे, न ड्रयाकर मेसिन नै ।किन नराखेको भनेर विमानस्थल हाकिम र सरसफाइ व्यवस्थापन हेर्नेहरुसँग सोधे ।

उनीहरुले ड्रयार मेसिन ल्याउन टेन्डर भइसकेको भन्दै टार्न खोजे ।उनीहरुले यात्रुले टिस्यु पेपरले जुत्ता पनि पुछ्ने गर्दा धेरै टिस्यु खर्च हुन्छ मन्त्री भट्टराई जंगिए र भने,’हुन्छ त खर्च, हात पुछ्न त पर्‍यो नि !’ उनले यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख राजन पोखरेलको पनि ध्यानाकर्षण गराए ।मन्त्री भट्टराईले अवलोकनमा क्रममा शौचालयमा एयर रिफ्रेसर पनि नराखिएको र शौचालय पनि फोहोर भएको भन्दै असुन्तष्टी जनाए ।

विमानस्थललका विभिन्न भागमा अलपत्र छाडिएका फोहर र फोहोर पानी देखाउँदै उनले सोधे,’यो के हो हाकिम साब?’ हरेक समयमा शौचालय पुछेर सुख्खा पारेर राख्न र नगन्हाउने गरी व्यवस्थापन गर्न निर्देशन दिए । उनले विमानस्थलका हाकिमलाई काम गर्न नसक्ने भए ठाउँ खाली गरेर जान पनि भने । ‘कतार, सिंगापुर, दोहाको एयरपोर्ट हेरेर यात्रु आउँछन्, र यहाँ पनि त्यही अपेक्षा गर्छन्, त्यो स्वभाविक हो’

उनले भने,’सफा राख्ने कुरामा हामील सम्झौता गर्नुहुँदैन, गुनासो नआउने अवस्था बनाउनुपर्छ ।’भट्टराईले कतिपयले भने नेपालाई होच्याउने र पर्यटक नै आउन नदिने खालको नियत नै राख्ने गरेको भन्दै सके सम्म गुनासो गर्ने अवस्था आउन नदिने गरी काम गर्नु पर्ने बताए । उनले विमानस्थल व्यवस्थापनका अधिकारीहरुलाई दैनिक रुपमा अनुगमन गरेर सरसफाइको व्यवस्थापन गर्न निर्देशन दिए ।

मन्त्री भट्टराईले दिनमा पटक-पटक सरसफाइको अवस्था हेर्नुपर्ने भन्दै पर्यटक वर्षमा आएका पर्यटकलाई निरास बन्ने अवस्था आउन दिन नहुने बताए । बिमानस्थलमा रहेका शौचालयको सफाइ नभएको भन्ने गुनासो आएपछि मन्त्री भट्टराईले शनिबार बिमान स्थलको बाह्य तथा आन्तरिक टर्मिनलमा रहेको शौचालय लगाएतका अन्य स्थानको अनुगमन गरेका हुन्।

उनले अन्तराष्ट्रिय टर्मिनलभित्र रहेका सवै शौचालयको अवस्थाका बारेमा निरिक्षण गर्दै सम्बन्धीत इन्चार्जसंग जानकारी लिनुभएको थियो भने त्यसपछि मन्त्री भट्टराई आन्तरिक टर्मिनल रहेका शौचालय निरिक्षण गर्न पुगेका थिए। निरिक्षण पछि मन्त्री भट्टराईले बिमास्थल भित्रको शौचालयलाई सफा राख्न निर्देशन दिएका छन ।

प्रतिक्रिया दिनुहोस्